रणवीर र दीपिका फेरि एकसाथ ? | Khabarhub Khabarhub

रणवीर र दीपिका फेरि एकसाथ ?


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता रणवीर कपूर र दीपिका पादुकोणको जोडीलाई बलिउडमा हिट जोडीका रुपमा लिने गरिन्छ । दुवैले कैयन् हिट फिल्म दिएका छन् । रियल लाइफमा ब्रेकअप भएपनि यी दुईले प्रोफेसनल लाइफमा भने एकसाथ काम गर्न छोडेका छैनन् ।

यतिबेला भने यो अनस्किृन जोडीका फ्यानका लागि खुशीको खबर छ । भारतीय मिडियाका अनुसार यी दुईले अब एउटा फिल्म या विज्ञापनमा एकसाथ काम गर्ने भएका छन् ।

रिपोर्टका अनुसार रणवीर कपूर र दीपिका पादुकोणले एक ब्रान्डको एडमा साथै काम गर्नेछन् । तर, यो खबरलाई आधिकारिक रुपमा पुष्टि गरिएको छैन ।

कतिले भने रणवीर र दीपिका एडमा नभएर फिल्ममा देखिने बताइरहेका छन् । जे मा काम गरे पनि रणवीर र दीपिकालाई अब भने एकसाथ देखिने भएको छ ।

अहिले रणवीर आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ को शूटिङमा व्यस्त छन् भने दीपिका मेघना गुलजारको फिल्म ‘छपाक’ मार्फत दर्शकसामु आउँदैछिन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ०० बजे

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन

प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ : शङ्कर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल