विशेषज्ञ चिकित्सकको विशेष परीक्षा फागुनमा | Khabarhub Khabarhub

विशेषज्ञ चिकित्सकको विशेष परीक्षा फागुनमा


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिने विशेषज्ञ चिकित्सकको विशेष परीक्षा आगामी फागुन १८ गते हुने भएको छ ।

विभिन्न मेडिकल कलेजबाट एमडी, एमएस् र एमडीएस्को ३ वर्षे अध्ययन पूरा गरी विशेषज्ञता हासिल गरेका चिकित्सकलाई विशेष परीक्षाको लागि आवेदन खुल्ला गरिएको हो ।

काउन्सिलले सूचना जारी गर्दै विशेषज्ञता हासिल गरेका चिकित्सकले परीक्षामा सहभागिता जनाउन सक्ने र त्यसका लागि आगामि फागुन ५ गतेभित्रमा फारम र परीक्षा शूल्क बुझाउनुपर्ने बताएको छ ।

विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा सहभागि हुन अनलाइन फारम भर्न सकिने छ । नेपालमा चिकित्सा अभ्यासका लागि अध्ययन पुरा गरेपछि नेपाल मेडिकल काउन्सिलले लिने विशेष परीक्षा पास गरेपछि मात्रै अनुमति पाउँछन् ।

काउन्सिलले हरेक वर्ष ३ पटक विशेषज्ञ चिकित्सकको विशेष परीक्षा लिने गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १० : ३६ बजे

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौं – राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।