कति लाग्छ नेपालमा मेडिकल शिक्षा पढ्न ? यस्तो छ सरकारले निर्धारण गरेको मूल्य « Khabarhub

कति लाग्छ नेपालमा मेडिकल शिक्षा पढ्न ? यस्तो छ सरकारले निर्धारण गरेको मूल्य


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा चिकित्सा शिक्षा अध्ययन शुल्क हरेक वर्ष सरकारले नै तोक्ने गर्छ । तर चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरु बाहेक धेरैलाई सरकारले तोकेको शुल्क थाहा नहुन सक्छ ।

चिकित्सा शिक्षामा लाग्ने शुल्कको विषयमा जानकारी नभएकै कारण धेरै विद्यार्थी तथा अभिभावक मेडिकल कलेहरुबाट ठगिने समेत गरेका छन् ।

त्यसलै चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी र तीनका अभिभावकले शैक्षिक शुल्कको विषयमा जानकारी लिनैपर्ने हुन्छ । आज हामी तपाईलाई एमबिबिएस र बिडिएस अध्ययनका लागि सरकारले निर्धारण गरेको शुल्कको विषयमा जानकारी दिदैछौं ।

एमबिबिएस र बिडिएस अध्ययनमा सरकारले तोकेको शुल्क यस्तो छ 

शैक्षिक वर्ष २०७५/७६ मा एमबिबिएस र बिडिएसका लागि सरकारले पुरानै शूल्क कायम गरेको छ । गत असोज २६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार शैक्षिक वर्ष २०७५/७६ का लागि सरकारले दुईथरी शुल्क निर्धारण गरेको छ ।

चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह एमबीबीएस अध्ययनका लागि सरकारले यो शैक्षिक वर्षका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार कायम गरेको छ ।

यस्तै बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ कायम गरिएको छ ।

सरकारले आगामी शैक्षिक वर्षका लािग भने राष्ट्र बैँकद्वारा प्रकाशित मुद्रास्फिति दरका आधारमा शुल्क समायोजन जनाएको छ ।

सरकारले तोकेको शुल्क विपरीत कुनै पनि कलेजले विद्यार्थीसँग बढी शुल्क लिन पाउँदैन ।

यदी कुनै मेडिकल कलेजले बढी शूल्क लिएमा विद्यार्थी वा अभिभावकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिई सम्बन्धित

विश्वविद्यालय र प्रतिष्ठानमा सोको जानकारी गराउन सक्नेछन् ।

बढी शुल्क लिने मेडिकल कजेलाई सरकारले उजुरीको आधारमा छानबिन गरी कारबाही गर्ने गर्छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १० : ५७ बजे

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,

युक्रेन युद्धबीच कजानमा पुटिन–आसियान बैठक

एजेन्सी– युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू, विशेषगरी जी–७ ले