नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धि जोगाउनु नै चुनौती ! « Khabarhub

नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धि जोगाउनु नै चुनौती !



काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरियताको १५ औं स्थानमा छ ।

गएको मार्चमा जिम्बाबेमा सम्पन्न आईसीसी विश्व क्रिकेट लिगमा हङकङ र पपुवा न्युगिनीलाई पराजित गर्दै नेपालले ‘ओडीआइ’को मान्यता पाएको हो । यस उपलब्धिलाई नेपाली क्रिकेट इतिहासमा ऐतिहासिक सफलता मान्नैपर्छ ।

तर, नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता यस्तो समयमा पायो, जतिबेला नेपाली क्रिकेटको नियमक निकाय नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको प्रतिबन्धमा परेको थियो ।

प्रतिबन्धका बाबजुद पनि नेपाली खेलाडीहरुले आफ्नो लयलाई छाडेनन् । उनीहरुले व्यक्तिगत स्वार्थभन्दा माथि रहेर देशका निम्ति खेले । ऐतिहासिक उपलब्धि हात पारे । यो आम नेपालीका लागि गर्वको विषय पनि हो ।

नेपालले ४ वर्षका लागि अस्थायी एकदिवसीय मान्यता त पायो, अब यसलाई कसरी स्थायीरुपमा कायमै राख्ने ? कस्ता चुनौती छन् ? यसबारे बेलैमा सोच्नुपर्छ । खेलाडी तथा प्रशिक्षकको मेहनतले मात्रै केही हुँदैन भन्ने हेक्का सम्बद्ध निकायले राख्नु जरुरी छ

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन थालेको झण्डै २ दशकपछि मात्रै ‘ओडीआइ’ मान्यता पाएको हो । यसको श्रेय प्रशिक्षक तथा खेलाडीहरुको आत्मबल नै हो । तथापि क्यानले पुर्या‍एको योगदानलाई पनि बिर्सिनु हुँदैन ।

पछिल्ला ४—५ वर्षमा क्रिकेटमा वेथिति देखिए । तर, त्यसअघि क्यानले चालेको कदम उपलब्धिमूलक थियो । किनकी सन् २०१४ मा नेपालले ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसैले अहिले नेपाली क्रिकेटले पाएको उपलब्धिलाई त्यसैको प्रतिफलका रुपमा समेत लिन सकिन्छ ।
अभिभावक विहीनजस्तै बनेको अवस्थामा नेपाली क्रिकेटले पाएको यो उपलब्धि जोगाउन अब के गर्ने ? सम्बन्धित निकायले बेलैमा सोच्नुपर्ने अवस्था आएको छ ।

नेपालले ४ वर्षका लागि अस्थायी एकदिवसीय मान्यता त पायो, अब यसलाई कसरी स्थायीरुपमा कायमै राख्ने ? कस्ता चुनौती छन् ? यसबारे बेलैमा सोच्नुपर्छ । खेलाडी तथा प्रशिक्षकको मेहनतले मात्रै केही हुँदैन भन्ने हेक्का सम्बद्ध निकायले राख्नु जरुरी छ ।

त्यतिमात्र नभएर केहीले भने जस्तै क्यान नहुँदा हासिल गरेको सफलता क्यानको अनुपस्थितिमै अगाडि बढ्न सम्भव छ त ? प्रश्न गर्ने अनेक ठाउँ भए पनि सवैको सामूहिक प्रयासबाट नै उपलब्धि हासिल हुने हो । त्यसैले क्यानमा रहको विवाद समाधानका लागि सम्बन्धित पक्ष मिलेर अघि बढ्नुको विकल्प देखिंदैन ।

नेपालसँगै डिभिजन लिग खेलेको अफगानिस्तान र आएरल्यान्डले आफ्नो घरेलु संरचनालाई बलियो बनाउँदै अगाडि बढ्दा अहिले स्थायी एकदिवसिय अन्तराष्ट्रिय मान्यता पाइसकेका छन् । त्यसैले क्रिकेटको विकास गर्न सबैभन्दा पहिले सम्बन्धित राष्ट्रको नियमक निकाय सक्रिय हुनुपर्छ ।

“क्रिकेटको विकास चाहाने हो भने, सबैभन्दा पहिलो अप्सनका रुपमा क्यानको निलम्बन फुकुवा हुनुपर्छ । व्यक्ति जोसुकै आउन् तर, क्यान निलम्बन फुकुवा हुनुपर्यो । घरेलु संरचना बलियो बनाउनु पर्यो । घरेलु प्रतियोगिताका लागि तालिका बनाउनु पर्यो,” नेपाली क्रिकेट विश्लेषक देवेन्द्र सुवेदीले भने,“क्यान नआउँदा पनि क्रिकेटमा विकास भयो भन्दै हिड्नु मूर्खता भन्दा अरु केही होइन । अहिले राष्ट्रिय टोलीका शीर्ष खेलाडीहरु पनि १०—१५ वर्ष पुरानो सिस्टमबाटै आएका हुन् । उनीहरुलाई सिस्टम थाहा छ सबैकुरा बुझेका छन् । तर, अहिलेका युवा खेलाडीहरु फ्रेन्चाइज लिगहरुमा राम्रो खेलेको देखेर टिममा परेका हुन् ।”

मार्च महिनामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालका लागि अबको यात्रामा व्यवस्थापनतर्फ देखिएको विवाद नै महत्वपूर्ण चुनौतीका रुपमा रहेको पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा यु—१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले बताए ।

“एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्न नेपालमा खेलाडीभन्दा पनि व्यवस्थापनमा चुनौती रहेको छ । अहिलेसम्म कुनै पनि घरेलु लिगलाई संचालन गर्न सकिएको छैन । क्रिकेट बोर्ड छैन,” प्रशिक्षक दासले अगाडि भने, “क्षमतावान खेलाडीको अभाव छैन । बोर्ड गठन भइदियो वा प्रणाली बस्यो र व्यवस्थापन पक्ष बलियो भइदियोे भने नेपाली टिलीले यो चार वर्षमा धेरै सफलता हासिल गर्न सक्छ ।”

आईसीसीको प्रतिबन्धले क्रिकेटका भैतिक संरचना निर्माणमा बढी प्रभाव परेका बताउँदै अहिलेभन्दा १०—१५ वर्ष यता भएका उपलब्धिहरुको सफलता हो यो । तत्कालीन क्यान पदाधिकारी तथा क्रिकेट सम्बद्ध व्यक्तिहरुलाई यसको श्रय दिनु पर्ने उनले बताए । उनले थपे, “अहिले आएका खेलाडीले मात्रै नेपाललाई एकदिवसीय मान्यता दिलाए भन्नु भन्दा पनि यसअघिका क्यानका पदाधिकारी समेतले केही नगरेको भन्ने होइन तर, जति गर्नु पर्ने हो त्यो पक्कै नभएकै हो ।”

नेपालले चार वर्षका लागि ‘ओडीआई’पाएसँगै अब सन २०२२ सम्म होम एन्ड अवे एक दिवसीय खेलहरु खेल्नु पर्ने छ । विडम्वना नेपालले अहिलेसम्म आईसीसीद्वारा मान्यता प्राप्त एउटा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन सकेको छैन । तर, आईसीसीले नेपालमै खेलाउन चाहेको खण्डमा किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलाउन सक्ने प्रशिक्षक दासले बताए ।

“यूएईविरुद्धको सिरिज जित्न विभिन्न पक्षहरुले साथ दिएको थियो । तर, क्रिकेटको दिगो विकासमा ध्यान दिएनौं भने बाँकी सिरिजहरु जित्छौं भनेर अहिले नै दावी गर्न सकिँदैन्,” प्रशिक्षक दासले भने

नेपालले एकदिवसीय मान्यता पाइसकेपछि नेदरल्यान्डसँग पहिलो तथा युनाइटेड अरब एमिरेट्स (यूएई)सँग दोस्रो एकदिवसीय शृङ्खला खेलिसकेको छ । पहिलो दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला नेपालले १—१ को बराबरी खेलेको थियो भने युएइको दुबईमा हालै सम्पन्न दोस्रो एकदिवसिय शृङ्खलाको सिरिज २—१ जितेको छ ।

“अहिले हामीले सिरिज जित्याैं । त्यो हाम्रो लागि सुखद् कुरा हो । घरेलु टोलीलाई उसैको घरेलु मैदानमा हराउनु हाम्रा लागि ठूलो सफलता हो,” प्रशिक्षक दासले अगाडि भने,“सिरीज जित्दा कप्तान पारस आफैले राम्रो खेले, सोमपाल लगायत युवा खेलाडीले जुन साथ दिए त्यसले र यूएईका खेलाडी प्रतिबन्धमा रहनुले पनि हाम्रो जित सहज भएको हुनसक्छ ।”

प्रशिक्षक दाससँगै विश्लेषक सुवेदी पनि क्यान नआएसम्म नेपाली क्रिकेटले नयाँ उचाई लिन कठिन रहेको बताउँछन् ।

“आफैमा क्षमता भएका क्षमतावान खेलाडी सधै आइरहँदैनन् । त्यसैले क्रिकेट बलियो बनाउन घरेलु संरचना बनाउनुपर्छ । उमेर समूहका टिमलाई बनाउँदै प्रतियोगिताहरु आयोजना गर्नुपर्यो,” सुवेदीले अगाडि थपे,“अब मुलुक प्रादेशिक संरचनामा गइसक्यो । खैत, प्रादेशिक संरचना अनुसार अगाडि बढ्न सकेको ? तर, क्यान आउँदा अन्य कुरा नगरे पनि उसले विभिन्न एकेडेमीहरु खोल्न सक्यो भने नेपाली क्रिकेटमा अहिलेको जस्तो खेलाडी अभाव हुँदैन् ।”

“यूएईविरुद्धको सिरिज जित्न विभिन्न पक्षहरुले साथ दिएको थियो । तर, क्रिकेटको दिगो विकासमा ध्यान दिएनौं भने बाँकी सिरिजहरु जित्छौं भनेर अहिले नै दावी गर्न सकिँदैन्,” प्रशिक्षक दासले भने ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ३ : १४ बजे

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन