उपेन्द्र यादवको महंगो विदेश भ्रमण, राज्यकोषबाट साढे २५ लाख खर्च « Khabarhub

उपेन्द्र यादवको महंगो विदेश भ्रमण, राज्यकोषबाट साढे २५ लाख खर्च


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको विदेश भ्रमणमा मात्रै राज्यकोषबाट साढे २५ लाख रुपैयाँ खर्च भएको छ ।

मन्त्री यादव भदौ, असोज र कात्तिक महिनामा ५ देशका विभिन्न कार्यक्रममा सहभागी हुन गएका थिए ।

जस क्रममा मन्त्री यादवले राज्यकोषबाट २५ लाख ४८ हजार रुपैयाँ सकेका अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार मन्त्री यादव कात्तिक ८ र ९ गते काजकस्तानको अगस्तानामा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि त्यहिँबाट उनी स्वीट्जरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा सहभागी हुन गए । मन्त्री यादवले यी दुई कार्यक्रममा सहभागी हुँदा १३ लाख ६३ हजार २ सय ६२ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, भदौ १६ र १७ गते भारतको दिल्लीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदा मन्त्री यादवले ४ लाख २० हजार ५ सय ३० रुपैयाँ खर्च भएको छ ।

असोज २३ र २४ गते वेलायतको लण्डनमा आयोजित कार्यक्रममा सहभागी हुँदा मन्त्री यादव नेतृत्वको टोलीले ५ लाख ४ हजार ३ सय ११ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, असोज १० र ११ गते अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रम हुँदा २ लाख ६० हजार ७ सय ६२ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ३ : ३३ बजे

 भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति

काठमाडौं– भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित

प्रधान सेनापति सिग्देल चीनतिर, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान