बुवाको शरीर जिलिरह्यो अनिश चिच्याई रहे | Khabarhub Khabarhub

बुवाको शरीर जिलिरह्यो अनिश चिच्याई रहे


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो ।

सानो उमेरका छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो । उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा शुरु भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए ।

शवयात्रासँगै उनी पनि समसानघाट पुगे । तर के भइरहेको छ भन्ने कुराको कुनै भेउ पाएका थिनन् उनले । उनी त्यतिबेला आत्तिन्छन् जब बुबालाई चितामा सजाएर “आगो लगाउ” भन्दै उनको हातमा राँको दिइयो । त्यतिबेला उनले मार्मिक प्रश्न गरे “मेरो बाबालाई किन आगो लगाउने ?” उनी आगोले बाबाको शरीर पोल्छ भन्दै आगो लगाउन मानिरहेका थिएनन् ।

परिवारका अन्य सदस्यले सम्झाइबुझाइ गर्दा अनिश बुबाको चितामा आगो लगाउन त तयार भए तर ‘बाबा, बाबा’ भन्दै चिच्याउँन थाले । उनी बाबालाई किन आगो लगाएको भन्दै चिच्याइ रहेका थिए । तर उनले सोधेको प्रश्नको उत्तर दिने कसैमा हिम्मत थिएन् ।

उनका बुबा ८ महीना अघिदेखि क्यान्सरको रोगबाट पीडित थिए । १४ वर्षको उमेरदेखि रोजगारीको सिलसिलामा भारत आउजाउ गर्ने तेजको आठ महीना अघि बाँया पाखुरा दुख्न थाल्यो । उनले भारतमै जाँच गराउँदा पाखुराभित्र गानो भएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिए । तेजले सोही अनुसार गरे पनि । तर त्यो निको हुनुको सट्टा झन बल्झियो र क्यान्सर देखियो ।

उपचारका लागि तेजले भारतको चेन्नई ब्याङ्लोर र नेपालको चितवनसम्म धाए तर कुनै सुधार भएन । अन्ततः उनको मृत्यु भयो । गरीबीका कारण डोटीलगायत यहाँका अन्य पहाडी जिल्लाका स्थानीयवासीले समयमै उपचार नपाउँदा क्यान्सर जस्तो प्राणघातक रोगबाट अकालमै ज्यान गुमाउन थालेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ४ : २३ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही