अष्ट्रेलियाद्वारा एक जना चिनियाँ व्यापारीको स्थायी बसोबास अनुमति रोक्का | Khabarhub Khabarhub

अष्ट्रेलियाद्वारा एक जना चिनियाँ व्यापारीको स्थायी बसोबास अनुमति रोक्का


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियाले एकजना नामी चिनियाँ व्यापारीको स्थायी बसोबास अनुमतिपत्र रोक्का गरिदिएको छ ।

अष्ट्रेलियाको सिड्नी शहरमा बसोबास गर्दै आएका हुआङ सियाङमोको स्थायी बसोबास अनुमतिपत्र रोक्का गरिएको श्रोतलाई उद्धृत गर्दै अष्ट्रेलियाको सिड्नी मर्निङ हेराल्ड अखबारले लेखेको छ ।

अष्ट्रेलिया बाहिर रहेका उनले अष्ट्रेलिया फर्किन दिएको निवेदन अष्ट्रेलियन अधिकारीले अस्वीकार गरेको तथा उनले नागरिकताका लागि दिएको दर्खास्त समेत खारेज गरिएको हेराल्डले लेखेको छ । उनी गत महिना थाइल्याण्ड गएको र हाल उनी कहाँ छन् भन्ने स्पष्ट नभएको जनाइएको छ ।

अष्ट्रेलियामा उनले चिनियाँ स्वार्थका लागि काम गर्दै आएको आरोप लाग्दै आएको थियो । उनले अष्टे«लियाका राजनीतिक पार्टीलाई ठूलो रकम चन्दाका रुपमा पनि दिने गरेका थिए । उनको बसोबास अनुमतिपत्र रोक्का गरिनुको कारणबारे अखबारले केही नखुलाएपनि उनी अष्टे«लियामा बस्न अयोग्य रहेको अष्ट्रेलियाका गृह मामिला मन्त्रालयले जनाएको छ ।

उनलाई अब अष्ट्रेलिया फर्कन नदिइने अष्ट्रेलियाको टेलिभिजन सेवा एबीसीले जनाएको छ । हुआङ अष्ट्रेलियामा निर्माण व्यवसायमा सक्रिय थिए ।

अष्ट्रेलियाले केही वर्षयता चीनलाई अष्ट्रेलियामा रहेका व्यावसायीलाई प्रयोग गरी आफ्नो मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएको छ । यस घटनालाई पनि त्यसैसँग जोडेर हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ४ : ५० बजे

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौं – राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा