नेपाली फिल्मको प्रवर्धनका लागि हङकङमा अवार्ड बाँडिने « Khabarhub

नेपाली फिल्मको प्रवर्धनका लागि हङकङमा अवार्ड बाँडिने


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्मलाई प्रवर्धनका गर्ने उद्देश्यले हङकङमा नेपाली फिल्म अवार्ड हुने भएको छ । सन् २०१९ को जुन महिनामा ‘एभरेष्ट इन्टरनेशनल फिल्म २०१९’ हुने भएको हो ।

आयोजक संस्था एभरेस्ट इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडले आज (बुधवार) काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी अवार्डबारे जानकारी गरायो । आयोजक संस्थाका अनुसार उक्त अवार्ड २० विधामा प्रदान गरिनेछ ।

सन् २०१८ मा रिलिज भएका फिल्महरुले भाग लिन पाउनेछन् भने यो अवार्डमा तीन विधा आदिवासी फिल्मका लागि छुट्याइएको छ ।

तस्वीर – आर्यन बिमली

साथै अवार्ड समारोहमा फिल्म क्षेत्रमा सहयोग पु–याउने एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्टले अवार्डले सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

अवार्ड समारोह ३ हजार ५ सय दर्शक धान्ने हङकङस्थित वानचाइमा रहेको ‘क्वीन एलिजावेथ स्टेडियम हल’ मा सम्पन्न हुनेछ । फिल्मको नोमिनेसन मार्चमा गरिने बताइएको छ ।

निर्णायकमा एक वरिष्ठ कलाकार सुनील थापा रहने बताइयो भने नेपालबाट अवार्डका लागि ६० जना कलाकार, पत्रकार तथा फिल्मकर्मी प्रस्थान गर्नेछन् ।

आयोजक टिमले कलाकार, प्राविधिक तथा पत्रकार जाँदा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने बताएको छ ।

नेपालमा हुने अवार्डमा लापरवाही हुने आरोप लागिरहे पनि आयोजक टिमले भने निर्णायकलाई हस्तक्षेप नगर्ने दावी गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ५ : ३३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै