रिहाइसँगै आइभोरी कोष्टका पूर्वराष्ट्रपति ग्बाग्बो बेल्जियम पुगे « Khabarhub

रिहाइसँगै आइभोरी कोष्टका पूर्वराष्ट्रपति ग्बाग्बो बेल्जियम पुगे


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय अपराध अदालत आईसीसीले स–शर्त रिहा गर्न आदेश दिएका पश्चिम अफ्रिकी मुलुक आइभोरी कोष्टका पूर्व राष्ट्रपति लराँ ग्बाग्बो बेल्जियम पुगेका छन् । नेदरल्याण्ड्सको हेग शहरमा रहेको अदालतले उनलाई गत महिना रिहा गर्न आदेश दिए पनि उनी शुक्रबारसम्म हिरासतमै थिए ।

तर, पुनरावेदन अदालतले पनि उनलाई रिहा गर्न आदेश दिएपछि उनी बेल्जियम पुगेको उनीनिकट श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि मानवताविरुद्ध अपराध गरेको अभियोग लागेको थियो । अन्तर्राष्ट्रिय अपराध अदालतले बेल्जियमसमक्ष ग्बाग्बोलाई लैजान बेल्जियमसमक्ष आग्रह गरेको थियो ।

अन्तर्राष्ट्रिय अदालतको आग्रह स्वीकार गर्दै उनलाई बेल्जियम आउन दिइएको बताइएको छ । गत शनिबार उनलाई पुनरावेदन अदालतले कुनै पनि समय अदालतमा हाजिर गर्न आउने शर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

उनी सन् २००० देखि सन् २०११ सम्म आइभोरी कोष्टका राष्ट्रपति थिए । सन् २०१० मा भएको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपनि उनले पद त्याग्न मानेका थिएनन् । त्यसपछि उत्पन्न राजनीतिक संकटपछि उनलाई फ्रान्सले नेतृत्व गरेको संयुक्त राष्ट्रसंघीय फौजले गिरफ्तार गरी अन्तर्राष्ट्रिय अपराध अदालत समक्ष बुझाएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : ३३ बजे

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार