उत्तर प्रदेशमा २० लाख बढी कर्मचारी आन्दोलित | Khabarhub Khabarhub

उत्तर प्रदेशमा २० लाख बढी कर्मचारी आन्दोलित


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारत उत्तर प्रदेशका २० लाखभन्दा धेरै कर्मचारी आन्दोलनमा उत्रेका छन् । सरकारले पेन्सन कटौती गर्ने योजनाको विरोध गर्दै विभिन्न कर्मचारी युनियनको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।

सरकार र विभिन्न कर्मचारी युनियनबीच भएको वार्ता असफल भएपछि कर्मचारी आन्दोलित भएका हुन् । आन्दोलनमा करिब १ सय ५० कर्मचारी युनियनको सहभागीता छ ।

आन्दोलित कर्मचारीले राज्यको राजधानी लखनउसहित विभिन्न शहरमा प्रदर्शन गरेको बताइएको छ । प्रदर्शनकारी कर्मचारीका केही नेताहरुलाई गिरफ्तार गरिएको अधिकारीले जनाएका छन् ।

यता आन्दोलनकारीले भने आगामी फेब्रुअरीको १२ सम्म आन्दोलन गर्ने तर, त्यसपछि पनि माग पूरा नभएमा थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

फेब्रुअरी १२ सम्म सरकारलाई आफ्नो माग पूरा गर्न अल्टिमेटम दिएको र त्यसपछि पनि आफ्ना माग पुरा नभएमा स्वास्थ्य तथा अत्यावश्यकबाहेक सबै कामकाज ठप्प पार्ने कर्मचारी युनियनको चेतावनी छ ।

भारतमा चुनाव नजिकिँदै गर्दा कर्मचारीको यो आन्दोलनले सत्तारुढ भारतीय जनता पार्टी बिजेपीको गढ मानिने उत्तर प्रदेशमा बिजेपीलाई अफ्ठ्यारो पर्नसक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : ४० बजे

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको