उत्तर प्रदेशमा २० लाख बढी कर्मचारी आन्दोलित « Khabarhub

उत्तर प्रदेशमा २० लाख बढी कर्मचारी आन्दोलित


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारत उत्तर प्रदेशका २० लाखभन्दा धेरै कर्मचारी आन्दोलनमा उत्रेका छन् । सरकारले पेन्सन कटौती गर्ने योजनाको विरोध गर्दै विभिन्न कर्मचारी युनियनको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।

सरकार र विभिन्न कर्मचारी युनियनबीच भएको वार्ता असफल भएपछि कर्मचारी आन्दोलित भएका हुन् । आन्दोलनमा करिब १ सय ५० कर्मचारी युनियनको सहभागीता छ ।

आन्दोलित कर्मचारीले राज्यको राजधानी लखनउसहित विभिन्न शहरमा प्रदर्शन गरेको बताइएको छ । प्रदर्शनकारी कर्मचारीका केही नेताहरुलाई गिरफ्तार गरिएको अधिकारीले जनाएका छन् ।

यता आन्दोलनकारीले भने आगामी फेब्रुअरीको १२ सम्म आन्दोलन गर्ने तर, त्यसपछि पनि माग पूरा नभएमा थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

फेब्रुअरी १२ सम्म सरकारलाई आफ्नो माग पूरा गर्न अल्टिमेटम दिएको र त्यसपछि पनि आफ्ना माग पुरा नभएमा स्वास्थ्य तथा अत्यावश्यकबाहेक सबै कामकाज ठप्प पार्ने कर्मचारी युनियनको चेतावनी छ ।

भारतमा चुनाव नजिकिँदै गर्दा कर्मचारीको यो आन्दोलनले सत्तारुढ भारतीय जनता पार्टी बिजेपीको गढ मानिने उत्तर प्रदेशमा बिजेपीलाई अफ्ठ्यारो पर्नसक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : ४० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको