लगानीमैत्री वातावरण बनाउन विदेशी लगानीकर्ताको आग्रह « Khabarhub

लगानीमैत्री वातावरण बनाउन विदेशी लगानीकर्ताको आग्रह


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा रहेका विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी बढाउन भिसा र श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन आग्रह गरेका छन् ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्चले पेभिलियन मिडिया हल काठमाडौमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी विदेशी लगानीकर्ताहरुले कामदारमैत्री वातावरण बनाई रोजगारी तथा व्यापार गर्ने वातावरण बनाउन समेत आग्रह गरेका हुन् ।

आगामी मार्च महिनामा हुने लगानी सम्मेलनलाई लक्षित गरी उनीहरुल नेपालमा विदेशी लगानी तथा व्यापारलाई आकर्षित गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा सहभागी प्रतिनिधिले विदेशी कामदारका लागि छुट्याइएको ५ प्रतिशत कोटाले पनि समस्या पारिरहेकोले पनि नेपालमा आवश्यक दक्ष जनशक्तिको मागलाई पूर्ति गर्न विदेशी कामदारको कोटालाई बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, जटिल एवं झन्झटिलो श्रम स्वीकृति तथा भिसा प्रक्रियाका कारण विदेशी कामदारलाई रोजगारी दिन अफ्ठ्यारो परिरहेको बताउँदै उनीहरुले सरकारलाई सजिलो प्रक्रिया अपनाइ नेपालमा गुणस्तरीय जनशक्तिलाई आकर्षित गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : ४४ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले