सोमबारको व्रत किन बस्ने ? « Khabarhub

सोमबारको व्रत किन बस्ने ?


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडी गणेशको पूजा भने अनिवार्य नै छ । अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक कथाहरु छन् । यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन् ।

पहिलो कथा-एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ । दोस्रो-एक धनी व्यापारीको छ । जसको छोरा थिएनन् । लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो ।

कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रो-शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । समय समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्‍याउँछ । व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे ।

यसले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने हुँदा व्रत गर्ने स्वयं व्यक्तिले नै अनुभव गर्नसक्ने भएकाले हजारौँ वर्षदेखि यो चलन चलिआएको मानिन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ०५ बजे

रास्वपा नेता तथा गायक प्रकाश सपुतले गरे मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार तथा गायक

सर्लाही-४ को एउटा केन्द्रमा विवाद: मतदाता बीच कुटाकुट

काठमाडौं – सर्लाही निर्वाचन क्षेत्र नं ४ को एउटा मतदान

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गरे मतदान

काठमाडौं– पूर्व सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । उनले

दीपक प्रकाश भट्टले गरे मतदान

काठमाडौं– दीपक प्रकाश भट्टले प्रतिनिधिसभा निर्वाचनका अवसरमा मतदातालाई मतदानमा सहभागी

भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ : विश्वप्रकाश शर्मा

झापा – नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्