नेपालका सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण | Khabarhub Khabarhub

नेपालका सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज वैशाख २३ गते । सोमबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकको मुख्य पृष्ठमा विभिन्न शीर्षकका समाचार प्रकाशन भएका छन् ।

यातायात कार्यालयमा भ्रष्टाचार, पाँच वर्षमा १२३ विरुद्ध मुद्दा शीर्षकको समाचारलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । समाचारमा महानिर्देशकविरुद्ध अकुत सम्पत्तिको मुद्दा चलाइएपनि घुससहित पक्राउ परेका उनलाई विशेष अदालतले सफाइ दिइएको जनाइएको छ । त्यस्तै लेखापालले ६१ करोडको राजश्व हिनामिना गरेको समाचारमा जनाइएको छ ।

त्यस्तै गरि नीति तथा कार्यक्रममा सत्तापक्षकै सांसदको विरोध शीर्षकमा अर्को समाचार प्रकाशन भएको छ ।

त्यस्तै गरि दुई हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण शीर्षकको अर्को समाचार प्रकाशन भएको छ ।
समाचारमा भनिएको छ–आइतबार दिनभरजसो सरकारी वेबसाइटहरु खुल्न सकेनन् ।

एकसाथ सर्भर डाउन हुँदा वैदेशिक रोजगार, राहदानी, राजश्व, मालपोत लगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुपर्यो। एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाई प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो ।

चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले पत्ता लगाएको छ । त्यसोत चार दिनदेखि लगातार सरकारी वेबसाइटमाथि आक्रमण प्रयास भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ४८ बजे

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल

गण्डकी– पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल

मेची भन्सारको सेवा सुचारु

झापा– जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले

नेपालको जेन-जी आन्दोलनबारे के भन्छन् बलिउड सेलेब्रिटी ?

काठमाडौं– नेपालमा हालै जेन-जेड युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला