सरकारी सर्भरमा देखिएको समस्या हट्यो, वेबसाइट खुल्न थाले « Khabarhub

सरकारी सर्भरमा देखिएको समस्या हट्यो, वेबसाइट खुल्न थाले


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल सरकारको एकीकृत सर्भर जीओभीडट्एनपी (gov.np) मा शनिबार साँझदेखि देखिएको समस्या केही मात्रामा समाधान भएको छ ।

शनिबार साँझदेखि सर्भरमा समस्या देखिएपछि आइतबार देशभरका अधिकांश सरकारी कार्यालयका वेबसाइट बन्द भएका थिए ।

आइतबार एकीकृत सरकारी सर्भर डाउन नै भएको थियो । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशका सम्पूर्ण सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका थिए ।

सरकारी सर्भर डाउन हुँदा यातायात व्यवस्था कार्यालय, राहदानी र मालपोत तथा नापी कार्यालयको काम बढी प्रभावित भएको थियो ।

सर्भर डाउन हुने समस्यामा केही मात्रामा सुधार आए पनि यातायात व्यवस्था कार्यालयको काममा भने केही अवरोध नै रहेको यातायात व्यवस्था विभागका एक कर्मचारीले बताए ।

‘आइतबार सर्भर डाउन भएकाले सोमबार साइटमा धेरै ट्राफिक आएको छ, सर्भर केही व्यस्त भएको छ,’ यातायात व्यवस्था विभागका एक कर्मचारीले भने, ‘दिउँसोदेखि पूर्ण रुपमा शुचारु हुने अपेक्षा गरेका छौं ।’

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : ४२ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक