जुम्लामा अज्ञात रोगको प्रकोप, सिङ्गो गाउँ नै प्रभावित « Khabarhub

जुम्लामा अज्ञात रोगको प्रकोप, सिङ्गो गाउँ नै प्रभावित


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 जुम्ला– अज्ञात रोगका कारण जिल्लाको तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीयहरु धमाधम बिरामी पर्न थालेका छन् ।  जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरका अनुसार पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको छ ।

प्रत्येक घरमा बिरामी खाली नभएको उनले बताए । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको कुँवरको भनाइ छ ।

शिक्षक कुँवरका अनुसार विद्यार्थी शिक्षकसमेत बिरामी परेपछि पठनपाठनसमेत प्रभावित भएको छ । सबै उमेर समूहका व्यक्तिलाई अज्ञात रोगले सताएको स्थानीय सूर्य बुढाले बताए । स्वास्थ्य संस्था भने बेखबर भएको स्थानीयले गुनासो गरेका छन् ।

रोगले विस्तारै तातोपानी–७ का सर्मी, सुर्की, ताम्ती र बारागाउँमा समेत असर पारेको वडा नम्बर ७ का वडाध्यक्ष मकरबहादुर रावतले बताए । अब छिट्टै स्वास्थ्यचौकीसँग समन्वय गरेर उपचार अघि बढाइने उनले बताए । जनता सेवक आधारभूत काटिया सर्मीका विद्यार्थीको स्वास्थ्य अवस्था बुझेर उपचार गरिने लामाबगर स्वास्थ्यचौकीका इञ्चार्ज भूपेन्द्र पाण्डेले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : २२ बजे

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित

एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा

काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका