३ दिनदेखि बन्द रहेको नेपाल–भारत नाका सोमबार साँझबाट खुल्ने « Khabarhub

३ दिनदेखि बन्द रहेको नेपाल–भारत नाका सोमबार साँझबाट खुल्ने


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपालगञ्ज– भारतको लोकसभा निर्वाचनअन्तर्गत उत्तर प्रदेश राज्यमा भइरहेको मतदानका कारण बन्द रहेको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा सोमबार साँझदेखि खुल्ने भएको छ ।

चुनावी सुरक्षालाई ध्यानमा राख्दै वैशाख २१ गतेदेखि सीमा नाका बन्द गरिएको थियो । नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् ।

भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल हिँडेर आउन दिइए पनि सोमबार निर्वाचनको दिन पूर्णरुपमा आवागमन ठप्प हुने भारतीय सुरक्षा निकायले जनाएको छ ।

भारतको उत्तर प्रदेशमा वैशाख २३ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको संयुक्त बैठकले शनिबार साँझ ६ बजेदेखि सोमबार २३ गते साँझ ६ बजेसम्म बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका बन्द हुने सहमति गरेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : ३८ बजे

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।