नीति तथा कार्यक्रमबारे संसदमा सत्तापक्ष र प्रतिपक्षीको आ–आफ्नै दाबी « Khabarhub

नीति तथा कार्यक्रमबारे संसदमा सत्तापक्ष र प्रतिपक्षीको आ–आफ्नै दाबी


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सोमबार पनि जारी छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि आ आफ्नो धारणा राखेका छन् । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्की ले सरकारको नीति तथा कार्यक्र सतही भाषण मात्रै भएको टिप्पणी गरे ।

उनले महत्वकांक्षी, अस्पष्ट, अमुर्त र काम भन्दा प्रचार र प्रोपोगण्डामा केन्द्रीत भएर भाषण र सतहीरुपमा नीति तथा कार्यक्रम आएको बताए । ठुलो ठुलो आयोजनाको कुरा गरेपनि त्यसको ठोस कार्यक्रम नभएको भन्दै उनले हचुवाको भरमा सरकारले नीति तथा कार्यक्रम ल्याएको दाबी गरे ।

सरकारले जनताको सरकार अर्थात् नेपालको सरकारलाई मेरो सरकार भन्न लगाएर राष्ट्रपतिलाई विवादमा तान्ने र गणतन्त्रलाई उपहास गर्ने काम गरेको आरोप उनको थियो । २ सय १८ बुँदामा आएको सरकारको नीति तथा कार्यक्रममा युरिनियम देखि रेलसम्मका छरपस्ट आयोजना घोषणा गरिएको बताए । उनले गत बर्षको १०३ बुँदे नीति तथा कार्यक्रममा प्रस्तुत भएको कार्यक्रम कति पुरा हुन सक्यो भन्ने विश्लेषण हुनुपर्ने तर्क गरे ।

सत्तारुढ दल नेकपाका सांसद कृष्णभक्त पोख्रेलले नीति तथा कार्यक्रम तिथी मिति सहित बस्तुनिष्ठ र बैज्ञानिक ढंगबाट ल्याईएको भन्दै सरकारको बचाउ गरे । राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने, संघीय संसद भवन निर्माण , सार्वजनिक जग्गा फिर्ता लगायतका अत्यन्तै राम्रा कार्यक्रम समयसिमा सहित आएको भन्दै उनले अब कार्यान्वयनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १२ : ०८ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा