प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न « Khabarhub

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा सम्पन्न भएको छ। एकदिने प्रतियोगितामा जुनियर तथा सिनियर विधाका खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा मित्रश्री विद्यालयले प्रथम स्थान हासिल गर्दै ट्रफी जित्यो भने जनप्रेमी विद्यालय दोस्रो र शिवर्ड विद्यालय तेस्रो भए। तीनवटा विद्यालयबाट कुल २५० खेलाडी सहभागी भएका थिए।

प्रतियोगिताअन्तर्गत ३०० मिटर दूरीमा महिला र पुरुषतर्फ ६–६ वटा प्रतिस्पर्धा गराइएको थियो। ६–८, ८–१०, १०–१२, १२–१४, १४–१६ र १६–१८ वर्ष उमेर समूहका खेलाडीहरूले स्पिड स्केटिङ प्रतिस्पर्धामा भाग लिएका थिए। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ३६ खेलाडीले पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्दै मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिता डाइनामिक स्केट क्लब भक्तपुर र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको संयुक्त आयोजनामा भएको हो।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव टंकलाल घिसिङले स्केटिङ खेल नेपालमा लोकप्रिय बन्दै गएको उल्लेख गर्दै भविष्यमा ओलम्पिकमा छनोट हुने सम्भावना रहेको बताए। उनले खेलको विकासका लागि विद्यार्थी र अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

क्लबका अध्यक्ष रोजन भासिमाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सदस्य–सचिव घिसिङ, प्रमुख प्रशिक्षक दिलीपराज बराल, संघका अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा, सल्लाहकार सौनक भट्ट, स्केटका ब्रान्ड एम्बास्डर सञ्जु श्रेष्ठ, रोलर हक्की टिमका मेनेजर सावी डिसी, काठमाडौं वर्ल्ड स्कुलका वरिष्ठ निर्देशक डा। विद्या अधिकारी तथा निर्देशक यांकिला लामा लगायतले विजेताहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ५ : ०७ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको