संसदमा राजपा नेताको प्रश्न– गृह मन्त्रालय पनि भारतीय हो ? « Khabarhub

संसदमा राजपा नेताको प्रश्न– गृह मन्त्रालय पनि भारतीय हो ?


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महन्थ ठाकुरले सरकारको नीति तथा कार्यक्रममा आफ्नो पार्टीका लागि केही पनि विषय उल्लेख नभएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको पनि ठाकुरले बताए । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता ठाकुरले प्रणाली परिवर्तन भएपनि सरकारको नीति तथा कार्यक्रम परम्परागत शैलीमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि पोखे ।

नेता ठाकुरले मधेशका जनतालाई अझै पनि विदेशी नागरिक ठान्ने गरिएकोमा पनि आपत्ति जनाए । उनले भारतीयहरुले नागरिकता लिएको भए दिने गृह मन्त्रालय पनि भारतीय हो ? भनि प्रश्न गरे । मधेशमा जन्मिएकै कारण आफूहरु राज्यको विभेदको शिकार हुनुपरेको नेता ठाकुरको गुनासो छ । ‘आफ्नै घरमा, आफ्नै खेतबारीमा बसेका मधेशका जनताले विदेशी भनेको पीडा भोगिरहनु परेको छ,’ नेता ठाकुरले भने, ‘मधेशको भाषा, मधेशको संस्कृतिमाथि विभेद गरेर कसरी नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भयो ?’

नेता ठाकुरले संघीयता कागज र नक्सामा मात्रै सीमित बनाउने काम भइरहेको भन्दै सरकारप्रति आक्रोश पोखे । राज्य झनै निरंकुश बन्दै गएको अनुभूति भइरहेको पनि ठाकुरले सुनाए । ‘सारा अधिकारहरु प्रधानमन्त्री कार्यालयमा केन्द्रित भइरहेको छ । यस्तो अवस्थामा निरंकुशताबाट राज्य र जनता मुक्त छ भन्न मिल्दैन,’ नेता ठाकुरले भने ।

उनले संविधानमा आफूहरुको पूर्ण सहमति नरहेको पनि बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १२ : २५ बजे

स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार 

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि

वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ

गोदावरी– कैलालीको वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त

आठ महिनामा सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज– औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न