हमास र इजरायलबीच युद्धविराम सम्झौता | Khabarhub Khabarhub

हमास र इजरायलबीच युद्धविराम सम्झौता


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पछिल्लो समय इजरायल र इजरायल अधिनस्थ गाजा क्षेत्रमा जारी द्वन्द्व बढ्दै गएपछि इजरायल र गाजा क्षेत्रमा सक्रिय इस्लामिक समूह हमासबीच युद्धविराम भएको छ ।

गाजाको प्रशासन सम्हाल्दै आएको हमाससँग आबद्ध टेलिभिजनले इजिप्टको मध्यस्थतामा युद्धविराम भएको जनाएको हो ।

प्यालेष्टाइनी पक्षका अनुसार सोमबार सबेरै साढे ४ बजे इजरायल र हमासबीच हिंसा स्थगित गर्ने सम्झौता भएको हो । यस विषयमा इजरायली पक्षबाट भने केही विवरण सार्वजनिक भएको छैन ।

इजरायली र प्यालेष्टाइनी दुबै पक्ष हिंसालाई चर्काउने पक्षमा नरहेकाले युद्धविराम भएको बताइएको छ ।

तीन दिनअघि हमास र इजरायलबीच हिंसा शुरु भएको थियो । आइतबारमात्रै हमासले इजरायलमा ६ सय भन्दा धेरै रकेट आक्रमण गरेको थियो ।

केही रकेट बीच आकाशमै इजरायलको आइरन डोम नामक रकेट प्रतिरोधी प्रणालीले राकेपनि केही रकेटले जमिनमा आक्रमण गर्न सफल भएको र रकेट आक्रमणबाट ४ जना इजरायलीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रकेट आक्रमणपछि इजरायलले गाजा क्षेत्र गरेको सैनिक तथा हवाई आक्रमणमा सर्वसाधारण नागरिकसहित १९ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १२ : २५ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तीन अर्ब ३० करोड रुपैयाँ वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल असोज २८ गते मंगलबारको राशिफल

काठमाडौं– आज मिति २०८२ साल असोज २८ गते मंगलबार ।

सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्चक जित

मस्कट- ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको