वैदेशिक रोजगार व्यवसायीका ७ बुँदे माग- सम्बोधन नभए आन्दोलन गर्ने चेतावानी « Khabarhub

वैदेशिक रोजगार व्यवसायीका ७ बुँदे माग- सम्बोधन नभए आन्दोलन गर्ने चेतावानी


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग सात बुँदे माग राखेका छन् ।

सरकारले हाल परिमार्जन गरेको वैदेशिक रोजगार ऐन २०६४ ले म्यानपावर व्यवसायीलाई अप्ठ्यारो पारेको भन्दै व्यवसायीहरुले सात बुँदे माग राखेका हुन् । उनीहरुले आफ्ना माग सुनुवाई नभए आन्दोलन गर्ने चेतवानी पनि दिएका छन् ।

सरकारले ल्याएको वैदेशिक रोजगार नीतिमा थप कुराहरु परिमार्जन गर्न आवश्यक रहेको भन्दै सात बुँदे माग अघि सारेको संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिएका छन् । माग पूरा नभएमा चरणबद्ध रुपमा बिरोध कार्यक्रम गर्ने अध्यक्ष गुरुङको भनाइ छ ।

धरौटी रकमको ब्याज पाउने गरी व्यवस्था गर्न, मर्जर हुने अवस्थाका म्यानपावर कम्पनीहरुलाई विषेश व्यवस्था गर्नुपर्नेलगायतका माग म्यानपावर व्यवसायीहरुको रहेको छ ।

कामदारहरुले गन्तव्य मुलुकमा पुगेपछि भनेको काम, तलब तथा सेवासुविधा पाउँदा–पाउँदै पनि करार अवधि नपुगी फर्किने क्रम बढ्दै गएकाले यस्तो अवस्थामा फर्किएका कामदारहरुले सम्पूर्ण लागत आफैं बेहोर्नु पर्ने कानुनी व्यवस्था राखिनु पर्ने पनि व्यवसायीको माग छ ।

वैदेशिक रोजगारका सम्बन्धमा सरकारले ल्याएका नीतिमा केही कुरा हेरफेर गर्न आवश्यक रहेको भन्दै व्यवसायीहरुले लामो समयदेखि आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  २ : ३१ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच