सामन्ती सोच भएका व्यक्तिले मात्रै ‘मेरो सरकार’को विरोध गर्न सक्छन्– प्रधानमन्त्री ओली « Khabarhub

सामन्ती सोच भएका व्यक्तिले मात्रै ‘मेरो सरकार’को विरोध गर्न सक्छन्– प्रधानमन्त्री ओली


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेको विषयमा भइरहेको विरोधप्रति आपत्ति जनाएका छन् । सामन्ती चिन्तन भएका व्यक्तिले मात्रै ‘मेरो सरकार’ भनेको विषयमा विरोध गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको ओलीको तर्क छ ।

शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्या भण्डारीले ‘मेरो सरकार’ भनेकी थिइन् । जननिर्वाचित सरकारलाई राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु लोकतान्त्रिक मान्यता विपरित भएको भन्दै चर्को विरोध भइरहेको छ ।

प्रधानमन्त्री ओलीले भने विरोध गर्नेहरुलाई भारतीय राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने गरेको हेर्न आग्रह गरे । ‘जननिर्वाचित सरकारलाई राष्ट्रपतिले मेरो सरकार भनेर अपनत्व दिन्छ । स्विर्काछ,’ सोमबार सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मेलै मेरो देश भन्छु, तर तपाईंहरुको देश होइन् भनेको होइन । मेरो राष्ट्र, मेरो भाषा, मेरो संस्कृति भनेर मैले निजी भनेको हो र ? मैले त राष्ट्रिय सामूहिक भाषाको सर्वोच्च अभिव्यक्ति मात्रै दिएको हो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति सर्वोच्च पद भएकाले सेना परिचालन गर्ने, संसदले पारित गरेको विधेयकलाई प्रमाणित गर्ने काम गर्ने गरेको पनि स्मरण गराए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  २ : ४३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००