यसकारण छुटेको हो प्रियंकाका भाइको बिहे ? | Khabarhub Khabarhub

यसकारण छुटेको हो प्रियंकाका भाइको बिहे ?


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जब बलिउड अभिनेत्री प्रियंका चोपडाका भाइ सिद्धार्थ चोपडाको बिहे इशिता कुमारसँग हुने खबर तोडियो, त्यसपछि प्रियंका चोपडा पनि चर्चामा छिन् । यी दुईको बिहे हुने भनिएको थियो । त्यो बेलाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अब इशिताले आफ्नो इन्स्टाग्रामबाट ती तस्वीर हटाइसकेकी छिन् । अप्रैलको अन्तिम हप्ता यी दुईको बिहे हुने कुरा थियो । यसैका लागि प्रियंका पनि मुम्बई आएकी थिइन् तर अन्तिम समयमा आएर यी दुईको बिहे रोकिएको थियो ।

यसको के कारण हुनसक्छ भनेर मिडियामा अनेक खालका समाचार आएका थिए । हालै प्रियंकाकी आमा मधु चोपडाले यसको वास्तविकता खुलासा गरेकी छिन् । उनका अनुसार सिद्धार्थले यो महसूस गरे कि, उनी अझैसम्म पनि बिहेका लागि तयार छैनन् । र, केही समय चाहन्छन् ।

यसअघि मधु चोपडाले भनेकी थिइन् कि, सिद्धार्थ इशिताले सहमतिमै यो बिहे नगर्ने फैसला गरेका थिए । यसअघि सन २०१५ मा सिद्धार्थले आफ्नी गर्लफ्रेन्ड कनिका माथुरसँग बिहे गर्ने भनेका थिए । त्यतिबेला पनि अन्तिम समयमा आएर रिजेक्ट गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ०९ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र