यसकारण छुटेको हो प्रियंकाका भाइको बिहे ? « Khabarhub

यसकारण छुटेको हो प्रियंकाका भाइको बिहे ?


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जब बलिउड अभिनेत्री प्रियंका चोपडाका भाइ सिद्धार्थ चोपडाको बिहे इशिता कुमारसँग हुने खबर तोडियो, त्यसपछि प्रियंका चोपडा पनि चर्चामा छिन् । यी दुईको बिहे हुने भनिएको थियो । त्यो बेलाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अब इशिताले आफ्नो इन्स्टाग्रामबाट ती तस्वीर हटाइसकेकी छिन् । अप्रैलको अन्तिम हप्ता यी दुईको बिहे हुने कुरा थियो । यसैका लागि प्रियंका पनि मुम्बई आएकी थिइन् तर अन्तिम समयमा आएर यी दुईको बिहे रोकिएको थियो ।

यसको के कारण हुनसक्छ भनेर मिडियामा अनेक खालका समाचार आएका थिए । हालै प्रियंकाकी आमा मधु चोपडाले यसको वास्तविकता खुलासा गरेकी छिन् । उनका अनुसार सिद्धार्थले यो महसूस गरे कि, उनी अझैसम्म पनि बिहेका लागि तयार छैनन् । र, केही समय चाहन्छन् ।

यसअघि मधु चोपडाले भनेकी थिइन् कि, सिद्धार्थ इशिताले सहमतिमै यो बिहे नगर्ने फैसला गरेका थिए । यसअघि सन २०१५ मा सिद्धार्थले आफ्नी गर्लफ्रेन्ड कनिका माथुरसँग बिहे गर्ने भनेका थिए । त्यतिबेला पनि अन्तिम समयमा आएर रिजेक्ट गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ०९ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज