राष्ट्रपतिको ‘मेरो सरकार’मा तानाशाही प्रवृति झल्कियो : महामन्त्री कोइराला « Khabarhub

राष्ट्रपतिको ‘मेरो सरकार’मा तानाशाही प्रवृति झल्कियो : महामन्त्री कोइराला


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा पुरानी तानाशाही प्रवृत्तिको झझल्को आएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री कोइरालाले राष्ट्रपतिको ‘मेरो सरकार’ भन्ने सम्बोधनले अधिनायकवादी चरित्रको पक्षपोषण गरेको उनको भनाइ थियो ।

‘वर्तमान सरकार कुनै व्यक्तिको सरकार होइन, नत राष्ट्रपतिज्यूले भन्नु भएजस्तै उहाँको सरकार हो,’ महामन्त्री कोइरालाले भने, ‘यो त सबैखाले तानाशाही, निरंकुशता र अधिनायकवाद अन्त्य गरी स्थापना गरिएको सरकार हो ।’

महामन्त्री कोइरालाले सरकारको नीति तथा कार्यक्रम यथार्थपरक, बस्तुनिस्ट र तर्कसम्मत नभएको दावी पनि गरे । सरकारको नीति तथा कार्यक्रममा सरकारको कामको मात्रै प्रशंशा गरिएको भन्दै कोइरालाले आपत्ति जनाए ।

सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएका योजना तथा नीतिहरुमा विश्वसनीयता नदेखिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ३९ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ