‘जात्रै जात्रा’को क्रेज, कस्तो चल्ला फिल्म ? « Khabarhub

‘जात्रै जात्रा’को क्रेज, कस्तो चल्ला फिल्म ?


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जात्रै जात्रा’ को यतिबेला चर्चा छ । गत वर्षको फागुनमै रिलिज हुने भनिएको यो फिल्म विशेष कारणवश सर्दासर्दै जेठ ३ मा पुगेको छ । अब भने फिल्म यही मितिमा रिलिज हुने पक्का छ ।

फिल्मलाई लिएर पछिल्लो समय निकै चर्चा पनि भइरहेको छ । अर्कातिर दर्शकले समयदेखि दर्शकले फिल्मको प्रतीक्षा गरिरहेका छन् । कमेडी विधामा निर्माण भएको यो फिल्म पहिलो फिल्म ‘जात्रा’ का कारण पनि चर्चामा छ । फिल्मको गीत तथा ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । सार्वजनिक गरिएका गीतले पनि सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।

टिजर सार्वजनिक गरेदेखि नै चर्चामा रहेको यो फिल्ममा दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, विपिन कार्की, वर्षा राउत, राजाराम पौडेल लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा सुन भेट्टाएको कथालाई देख्न सकिन्छ ।

यसअघि ‘शत्रु गते’ र ‘जात्रा’ मार्फत तारिफ बटुलेका प्रदीप भट्टराईको चलचित्र भएकाले पनि फिल्मप्रति दर्शकको अपेक्षा उच्च छ । हलमा दर्शक तान्न सक्ने सम्भावना बोकेको प्रतीक्षित यो फिल्मको कथा कसरी अगाडि बढेको, त्यसअनुसार दर्शकले फिल्मलाई साथ दिने त पक्का छ । यतिबेला दर्शकले आशा गरेको फिल्म कस्तो होला भन्ने धेरैमा कौतूहलता पनि छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ५ : २७ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक