‘जात्रै जात्रा’को क्रेज, कस्तो चल्ला फिल्म ? « Khabarhub

‘जात्रै जात्रा’को क्रेज, कस्तो चल्ला फिल्म ?


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जात्रै जात्रा’ को यतिबेला चर्चा छ । गत वर्षको फागुनमै रिलिज हुने भनिएको यो फिल्म विशेष कारणवश सर्दासर्दै जेठ ३ मा पुगेको छ । अब भने फिल्म यही मितिमा रिलिज हुने पक्का छ ।

फिल्मलाई लिएर पछिल्लो समय निकै चर्चा पनि भइरहेको छ । अर्कातिर दर्शकले समयदेखि दर्शकले फिल्मको प्रतीक्षा गरिरहेका छन् । कमेडी विधामा निर्माण भएको यो फिल्म पहिलो फिल्म ‘जात्रा’ का कारण पनि चर्चामा छ । फिल्मको गीत तथा ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । सार्वजनिक गरिएका गीतले पनि सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।

टिजर सार्वजनिक गरेदेखि नै चर्चामा रहेको यो फिल्ममा दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, विपिन कार्की, वर्षा राउत, राजाराम पौडेल लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा सुन भेट्टाएको कथालाई देख्न सकिन्छ ।

यसअघि ‘शत्रु गते’ र ‘जात्रा’ मार्फत तारिफ बटुलेका प्रदीप भट्टराईको चलचित्र भएकाले पनि फिल्मप्रति दर्शकको अपेक्षा उच्च छ । हलमा दर्शक तान्न सक्ने सम्भावना बोकेको प्रतीक्षित यो फिल्मको कथा कसरी अगाडि बढेको, त्यसअनुसार दर्शकले फिल्मलाई साथ दिने त पक्का छ । यतिबेला दर्शकले आशा गरेको फिल्म कस्तो होला भन्ने धेरैमा कौतूहलता पनि छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ५ : २७ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६