फेल भएपनि जागिर चाहिन्छ भन्दै नर्सहरु धर्नामा ! « Khabarhub

फेल भएपनि जागिर चाहिन्छ भन्दै नर्सहरु धर्नामा !


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘यही सिनियरहरुले नै शोषण गरेर हामीलाई अरुले पनि हेपेका हुन् । हामीसँग डराएर गेटभरी प्रहरी राखेका छन् ।’
लाजिम्पाटको नेपाल नर्सिङ संघको कार्यालय अगाडि सेतो कोट लगाएर चाउचाउ खादै गरेका नर्सहरु आक्रोशिल हुँदै एकोहोरो गाली गर्दै थिए ।

भक्तपुरस्थित शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरु आइतबारदेखि संघमा धर्ना दिएर बसेका छन् । नर्सहरुको हकअधिकारको लागि आवज उठाउने संस्था भएपनि संस्थाका पदाधिकारीले आफूमाथि अन्याय हुँदा चुप लागेर बसेको भन्दै नर्सहरु आइतबारदेखि संघकै कार्यालय अगाडी धर्नामा बसेका हुन्।

उनीहरु आइतबारको रात समेत संघमै धर्ना दिएर बसे । सोमबार पनि संघकै कार्यालय अगाडि चाउचाउ र पानी खाँदै उनीहरु धर्नामै छन् । संघको परिसरमा सुरक्षाकर्मीको बाक्लो तैनाथी छ ।

आफ्नो समस्याको विषयमा संघका अध्यक्ष तथा पदाधिकारीले बेवास्ता गरेपछि संघमा धर्ना दिन बाध्य भएको नर्स रविता सितिखुले बताइन् ।

‘संघको अध्यक्षसँग हामीले पटक-पटक हाम्रो समस्या बताउने कोसिस गर्‍यौं तर उहाँले हाम्रो कुरा सुन्न नै चाहनुभएन । हामीले बाध्य भएर धर्ना दिएका हौं ।’ उनले खबरहबसँग भनिन्, ‘यो संघ हामी नर्सहरुको घर हो तर हामी हाम्रो समस्या राख्न यहाँ आएका हौं, उहाँहरुले  हाम्रो समस्या नै बुझ्न चाहनुभएन ।’

केन्द्रमा स्वास्थ्य मन्त्रालयको विकास समितिबाट छनोट भएका ९६ जना नर्सलाई ३ महिनाको करार अवधि दिएर ७ वर्षसम्म करार अवधि नै थप गरी काममा लगाएको नर्सहरुको भनाइ छ । सरकारी अस्पताल भएपनि आफूहरुलाई कुनै सेवा सुविधा र रोजगारीको ग्यारेन्टी नभएको भन्दै अन्यायमा परेको आन्दोलनरत नर्सहरुको भनाइ छ ।

यता नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले भने आन्दोलनरत नर्सहरुको समस्या समाधानको लागि स्थायी पदपूर्तीको लागि बैशाख १३ गते लोकसेवा परीक्षा खुलाइएको बताएकी छन् । नर्सहरुको समस्या समाधानको प्रयास गर्दागर्दै पनि लोकसेवा पास नभए पनि जागिर पाउनुपर्ने माग राख्दै नर्सहरु आन्दोलित बनेको पोखरेलको भनाइ छ ।

‘हामीले उहाँहरुको जायज माग सम्बोधनका लागि पहल गरिरहेकै छौं, उहाँहरुलाई नै स्थायी कर्मचारी बनाउन लोकसेवा खुलाइएको हो, हामीले राम्रोसँग लोकसेवाको तयारी गर्नुस्, लोकसेवा पास गर्नुस् भनेका छौं, ‘पोखरेलले भनिन्, ‘उहाँहरु लोकसेवा पास नभएपछि जागिर चाहिन्छ भन्दै आन्दोलन गर्नुहुन्छ, यस्तो माग त कसरी सम्बोधन गर्न सकिन्छ ?’

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : १६ बजे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी