भारतका प्रधानन्यायाधीशमाथि लागेको यौन उत्पीडनको आरोप खारेज « Khabarhub

भारतका प्रधानन्यायाधीशमाथि लागेको यौन उत्पीडनको आरोप खारेज


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भारतको सर्वोच्च अदालतले प्रधानन्यायाधीश रंजन गोगोईमाथि लागेको यौन उत्पीडनको आरोप खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीश एसएस बोबडेको अध्यक्षतामा गठित आन्तरिक समितिले प्रधानन्यायाधीश गोगोईलाई यौन उत्पीडनको आरोपमा ‘क्लिन चिट’ दिएको हो ।

सर्वोच्चका न्यायाधीश बोबडे नेतृत्वको ३ सदस्यीय समितिले सोमबार आफ्नो निर्णय सुनाउँदै प्रधानन्यायाधीश गोगोईमाथि लगाइएको आरोप निराधार भएको बताएको छ । साथै गोगोईमाथि लगाइएका आरोपबारे कुनै ठोस प्रमाण फेला नपरेको समितिले आफ्नो निष्कर्षमा सुनाएको छ ।

प्रधानन्यायाधीश गोगोईमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाले भने यसअघि नै सर्वोच्च अदालतको आन्तरिक समितिमाथि प्रश्न उठाएकी थिइन् । उनले एक विज्ञप्ती जारी गर्दै समितिबाट यौन उत्पीडन अधिनियम सम्बन्धी नियम उल्लंघन भएको समेत आरोप लगाएकी थिइन् ।

गत अप्रिल ११ मा सर्वोच्च अदालतकी एक पूर्व महिला कर्मचारीले प्रधानन्यायाधीश गोगोईमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । गोगोईले भने आफूमाथि लगाइएको आरोप सर्वोच्च अदालतलाई अस्थिर बनाउने उद्देश्यबाट प्रेरिरत रहेको र उक्त आरोप निराधार भएको बताउँदै आएका थिए ।

उक्त प्रकरणको छानबिनका लागि गठन भएको सर्वोच्च अदालतको आन्तरिक समितिले पीडित भनिएकी महिलालाई बयानका लागि उपस्थित हुन बोलाएको थियो । महिलाले भने आफ्ना सहयोग र कानून व्यवसायीसहित उपस्थित हुन पाउनुपर्ने बताउँदै आएकी थिइन् ।

तर, अदालतको समितिले उनलाई सहयोगी र कानून व्यवसायीसहित उपस्थित हुन अनुमति दिएको थिएन ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : २६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२