पुलिस र आर्मी पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा « Khabarhub

पुलिस र आर्मी पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


ताप्लेजुङ– साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ताप्लेजुङको साँघुमा सोमबार पुलिसले प्रदेश नम्बर १ र आर्मीले टियु विश्वबिद्यालय टिमलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

साँघुस्थित नारायणी माविको खेल मैदानमा भएको पहिलो खेलमा प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ’ए’ बाट क्वाटरफाइनलमा पुगेको हो । पुलिसले प्रदेश १ लाई २५–८, २५–१८ र २५– ९ को सेटमा पराजित गर्‍यो ।

अब पुलिसले मंगलबार ३ नम्बर प्रदेशसँग खेल्नेछ । प्रतियोगितामा ८ टोली सहभागी भएको कारण प्रदेश १ पनि क्वाटरफाइनलमा पुगेको छ ।

यस्तै आर्मीले विश्वबिद्यालय टिमलाई ३–० को सोझो सेटमा नै पराजित गर्‍यो । आर्मीले विश्वबिद्यालय टिमलाई २५–१३, २५–१३ र २५–१५ को सेटमा पाखा लगायो । अब आर्मीले प्रदेश नम्बर २ संग खेल्नेछ ।

जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमबार सशत्र प्रहरीको एपीएफले प्रदेश ३ लाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । एपीएफले प्रदेश ३ लाई २५–१६,२५–१५ र २५–२४ को सेटमा हरायो । अब एपीएफले मंगलबार १ नम्बर प्रदेशसँग खेल्नेछ ।

त्यस्तै गण्डकी प्रदेशले प्रदेश २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्‍यो । गण्डकीले प्रदेश २ लाई २५–१६,२५–१५ र २५–१६ को सेटमा हरायो । अब गण्डकीले विश्वबिद्यालयसंग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका आयोजक क्लबका अध्यक्ष दिवश लिम्बुले जानकारी गराए । प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ५२ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज