विश्व र्‍याफटिङ च्याम्पियनसिप खेल्न नेपाली टोली मंगलबार अस्ट्रेलिया जाँदै « Khabarhub

विश्व र्‍याफटिङ च्याम्पियनसिप खेल्न नेपाली टोली मंगलबार अस्ट्रेलिया जाँदै


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– विश्व र्‍याफटिङ च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार अस्ट्रेलियाको क्विन्सल्यान्ड जाँदैछ ।

मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शक्तिकुमार गुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।

टिममा २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टु हेड, ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । नेपालले मे १६ तारिखमा स्प्रिन्ट, मे १७ मा हेड टु हेड, मे १८ मा स्लालम र मे १९ मा डाउन रिभर रेसमा सहभागिता जनाउने छ ।

नेपालले विश्व च्याम्पियनसिपमा दोश्रो पटक सहभागिता जनाउन लागेको हो । २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । त्यत्ति बेला खेलेका कुनैपनि खेलाडी अहिलेको टिममा छैनन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ५७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त