काटेश्वर चोकमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्न सेनाको टोली जाँदै « Khabarhub

काटेश्वर चोकमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्न सेनाको टोली जाँदै


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानी काठमाडौंको कोटेश्वर चोक नजिक शंकास्पद वस्तु भेटिएको छ ।

कोटेश्वर चोक नजिकै शंकास्पद भेटिएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । प्रहरीले शंकास्पद वस्तु बम हुनसक्ने भन्दै घटनास्थल घरेर राखेको छ ।

शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द काफ्लेले जानकारी दिए ।

कोटेश्वर चोकबाट तीनकुनेतर्फ करिब २०० मिटर अगाडि संकास्पद बस्तु भेटिएको हो ।

प्रहरीले शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर–तीनकुने खण्डको सडक खाली गराएको छ । जसका कारण कोटेश्वर क्षेत्रमा अहिले सवारी जाम बढेको छ ।

ट्राफिक प्रहरीले काटेश्वर चोक भएर चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ०७ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।