काटेश्वर चोकमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्न सेनाको टोली जाँदै « Khabarhub

काटेश्वर चोकमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्न सेनाको टोली जाँदै


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानी काठमाडौंको कोटेश्वर चोक नजिक शंकास्पद वस्तु भेटिएको छ ।

कोटेश्वर चोक नजिकै शंकास्पद भेटिएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । प्रहरीले शंकास्पद वस्तु बम हुनसक्ने भन्दै घटनास्थल घरेर राखेको छ ।

शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द काफ्लेले जानकारी दिए ।

कोटेश्वर चोकबाट तीनकुनेतर्फ करिब २०० मिटर अगाडि संकास्पद बस्तु भेटिएको हो ।

प्रहरीले शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर–तीनकुने खण्डको सडक खाली गराएको छ । जसका कारण कोटेश्वर क्षेत्रमा अहिले सवारी जाम बढेको छ ।

ट्राफिक प्रहरीले काटेश्वर चोक भएर चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ०७ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते