प्रदेश नं १ को राजधानी विराटनगर दुई तिहाई बहुमतबाट पारित « Khabarhub

प्रदेश नं १ को राजधानी विराटनगर दुई तिहाई बहुमतबाट पारित


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विरटनगर– दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव सोमबार पारित भएको छ ।
प्रदेशसभाको सोमबारको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा कुनै मत परेन ।

नेपालको संविधानको धारा ८८(२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८क (१७) (पहिलो संशोधनद्वारा संशोधित) बमोजिम प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले पेश गरेका थिए । सो सम्बन्धमा प्रदेशसभाको बैठकमा चार वटा प्रस्ताव दर्ता भएका थिए ।

विराटनगरकै लागि नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेशसभा सदस्य केदार कार्की, धनकुटाका लागि सदस्य लीला सुब्बा तथा धनकुटाकै लागि निरन राई दर्ता गराएको प्रस्ताव उनीहरुले फिर्ता लिएपछि उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो ।

प्रदेश नं १ को स्थायी राजधानी विराटनगर नै भनिए पनि कार्यपालिका र व्यवस्थापिकाका लागि बन्ने नयाँ संरचना सुनसरीको इटहरी, सुन्दरहरैंचा र विराटनगर आसपास क्षेत्रमा बन्ने प्रस्तावको कैफियतमा उल्लेख छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : १२ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर