‘सेकेन्ड लेफ्टिनेन्ट’ बनाइदिन्छु भन्दै ५ लाख लिएर पत्रकार फरार ! « Khabarhub

‘सेकेन्ड लेफ्टिनेन्ट’ बनाइदिन्छु भन्दै ५ लाख लिएर पत्रकार फरार !


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्मीको ‘सेकेन्ड लेफ्टिनेन्ट’ बनाइ दिन्छु भनेपछि पाँचलाख रुपियाँ बुझाएँ, यतिका महिना बितिसक्यो न लप्टन भए न त पैसा पाएँ’ बैतडीका एक युवक जागिरको प्रलोभन देखाई पैसा ठगिएको गुनासो यसरी सुनाउँदै थिए ।

‘‘त्यही बीचमा अर्का व्यक्ति आए, मेरो पनि आफन्त नाता पर्नेले विदेश पठाइदिन्छु भन्दै डेढलाख रुपियाँ लिए तर अहिले सम्पर्क नै छैन’’, महानगरीय प्रहरी अपराध महाशाखा टेकुस्थित ठगी मुद्दा (शाखा) पिलरमा यस्ता गुनासो प्रत्येक दिन अपत्यारिलो ढङ्गले आउने गरेका छन् ।

ठगी मुद्दा पिलर प्रमुख प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङ ‘पैसा भनेपछि किन यति मरिहत्ते गर्छन’ आश्चार्य लागेको बताउनुहुन्छ । घटना विवरण सुन्दा पनि घिन लागेर आउँछ भन्दै उनले भनिन्,‘ पैसाको लोभमा अब त आफन्तले आफन्तलाई ठग्न थालेछन् ।’नाता–गोता’ तथा ‘पारिवारिक’ सम्वन्धलाई लत्याएर जागिर तथा वैदेशिक रोजगारको प्रलोभनमा सर्वसाधारण युवा ठगिने समस्या व्यापक बन्दै गएको छ । पाँचलाख रुपियाँ पीडित ती युवकले आफूलाई पत्रकार बताउने डोटीकै चिरपरिचित व्यक्तिबाट ठगिएको गुनासो गरे ।

एकैपटक आर्मीको सेकेन्ड लेफ्टिनेन्ट बन्ने लोभमा कारण ती युवक ठगिएको भनाइ प्रहरीको छ । पीडित युवकको भनाइमा महेन्द्रनगरबाट साइन्स विषयमा कक्षा १२ पास गरेपछि आर्मी बन्ने इच्छा जागेको र अभिभावकको सहमतिमा नै पत्रकारलाई रकम थमाएको बताउँछन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, ठगी अपराधमा चिरपरिचित तथा आफन्तको संलग्नता बढी देखिएको छ । यहाँ सम्मकि मामाले भान्जालाई, भिनाजुले सालोलाई र ज्वाइँले जेठानलाई समेत ठगी गरेको पाइएको छ । यो समाचार आजको गोरखापत्रमा समाचार छ ।

नेपाल प्रहरीका अनुसार, चालु आर्थिक वर्षमा व्यक्तिगत र संस्थागत गरी एक हजार आठ सय उजुरी परेका छन् । वैदेशिक रोजगारका नाममा ६३८ र अन्य गरी एक हजार एक सयभन्दा बढी उजुरी परेका छन् । बार्षिक ७० करोड रुपियाँसम्म ठगी हुने गरेको प्रहरीको भनाइ छ ।आफन्त तथा नातेदारप्रतिको विश्वासका कारण सेना, प्रहरी, विशेष प्रहरी, निजामती सेवामा जागिर लगाइदिने र आकर्षक तलव–सुविधाको प्रलोभन देखाई वैदेशिक रोजगारका नाममा आफन्तले आफन्तलाई ठगी गर्ने समस्या बढेको हो ।

विशेष गरी ग्रामीण क्षेत्रका शिक्षित युवामा अझै पनि भनसुन, शक्ति र पैसाको भरमा सरकारी जागिर खान पाइन्छ भन्ने भ्रम भएकोले ठगिने र ठग्नेहरू बढ्दै गएको हो । प्रहरी नायव उपरीक्षक तामाङका अनुसार, वैदेशिक रोजगारमा दलालका कारण बढी ठगिन्छन् ।ठगीमा संलग्न पीडकहरू पक्राउ परे पनि पर्याप्त प्रमाणको अभावमा सजिलैसँंग उम्किने गरेका छन् । ठगी कार्यलाई पेसाको रूपमा अपनाउँँदै आएकाहरूले पैसा बैङ्किङसेवाबाट नभई नगदै बुझ्ने भएकाले प्रमाणको अभावमा कानुनी कारबाही गर्न समस्या पर्ने गरेको छ ।

‘चेक तथा आईएमई’ बाट भएमा कारवाही गर्न सहज छ तर, नगदै बुझेपछि पीडकहरू पीडितसँंग पैसा लिएको प्रमाण खोज्छन्, फसाएको आरोप लगाउँछन् । प्रहरीका अनुसार, बाउन्स चेक तथा बैङ्किङ कसुर ठगीमा संलग्नहरू पनि करोडौँ पचाउन आफै हिरासत बस्न राजी हुन्छन ।गीसम्वन्धी कानुनी कारवाही कमजोर हुनका साथै ठगिनेहरू सचेत नहुँदा समस्या व्यापक बन्दै गएको छ । ठगिएको रकम उठाउन पीडितले अरुहरूलाई ठग्ने, गुण्डा प्रयोग गर्ने, आत्महत्या गर्ने र कुलतमा लाग्ने समस्या बढ्दै गएको अपराध विश्लेषक हेमन्त मल्ल ठकुरी बताउँछन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : ०१ बजे

इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो

काठमाडौं – इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल फागुन १८ गते सोमबार फागुन