पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’ « Khabarhub

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गर्न हतारो गरेको बताएका छन्।

पूर्व महान्यायाधिवक्ता संग्रौलाले पूर्वजानकारी गराएर पत्र पठाएपछि मात्र प्रधानमन्त्री र मन्त्री भइसकेका व्यक्तिहरुलाई पक्राउ गरेको भए सरकारको लोकप्रियता पाउने बताए ।

प्रहरीले पूर्वप्रधानमन्त्री र मन्त्रीहरूलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन पाउने भए पनि पूर्वजानकारी गराएको भए राम्रो सन्देश जाने उनले बताएका छन्।

‘पत्र पठाएर उपस्थित हुने जानकारी गराउनु राम्रो हुन्थ्यो । नआएको खण्डमा मात्रै पक्राउ गरेको भए सरकारको लोकप्रियता बढ्ने थियो’, उनले भने, ‘प्रहरीले एक्सनमा जाँदा थोरै संयमता गुमाएको छ।’

संग्रौलाले प्रहरी र सरकारले जोसुकैलाई पक्राउ गरेर छानबिन गर्न सक्ने बताए । तर पत्र पठाएर उपस्थित हुने जानकारी गराएको भए अझ राम्रो हुने उनको तर्क छ।

संग्रौला पक्राउ परेका सबै व्यक्तिलाई आवश्यक कानुनी प्रक्रियामा सामेल हुन सुझाव दिन्छन्।

उनी सडकमा निस्केर जुलुस र प्रदर्शन गर्नुभन्दा कानुनी प्रक्रियामा सहयोग गरेर अनुसन्धानलाई गति दिन सुझाउँछन् । त्यसो भएमा निष्पक्ष छानबिन गर्ने बाटो पनि सहज हुने उनको तर्क छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  २ : ४५ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार