गुण्डा नाइके ‘राधे’ धादिङबाट पक्राउ « Khabarhub

गुण्डा नाइके ‘राधे’ धादिङबाट पक्राउ


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुण्डा नाइके राधाकृष्ण भण्डारी (राधे) पक्राउ परेका छन्। प्रहरीको खोजी सुचीमा रहेका राधे धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट पक्राउ परेका हुन् ।

उनको सातबाट हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ । हतियार देखाएर स्थानीयलाई त्रास देखाएको सूचना पाएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो । उनी धादिङको गजुरी २ मलेखु बजारबाट माथि ताल्ती जाने बाटोमा थिए।

नेपाली कांग्रेस निकटको युवा संगठन तरुण दलको जिल्ला उपाध्यक्ष रहेका उनी विगत लामो समयदेखि गुण्डागर्दी कार्यमा संलग्न थिए । उनले प्रहरीलाई देखेपछि प्रहरीलाई नै लक्षित गरी फायर गरेका थिए । जसबाट प्रहरीको गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

गुण्डा नाइके स्वर्गीय दिनेश अधिकारी (चरी)माथि गोली प्रहार गरेर पक्राउ परेका उनी केहि समयमा छुटेपनि अपराध महासाखाको वारेन्ट सुचीमा थिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ९ : ५६ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी