सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध « Khabarhub

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।

पार्टीले प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूका लागि मंगलबार र बुधबार ललितपुरमाा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

यो कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना हुने भएको छ । रास्वपाले सबै नवनिर्वाचित सांसदलाई अनिवार्य उपस्थित हुन भनेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले कार्यक्रम आवासीय हुने बताएका छन्। सांसदहरूको खाना तथा आवास पार्टीले ‘सेयरिङ’ आधारमा व्यवस्था गर्ने जनाएको छ।

सूचनामा कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ। यसका साथै कार्यक्रममा परिवार सदस्य, साथी वा अन्य पाहुनालाई प्रवेश निषेध गरिएको छ। सांसदहरूले कार्यक्रमस्थलमा बाहिरी व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न पनि रास्वपाले निर्देशन दिएको छ।

यस्तै होटल परिसरमा गाडी पार्किङ गर्न सकिने भए पनि चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था सम्बन्धित सांसदले गर्नुपर्ने छ ।

कार्यक्रममा सहभागी हुने सांसदहरूलाई ‘बिजनेस क्याजुअल’ पोशाकमा उपस्थित हुन पनि आग्रह गरिएको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ६ : १५ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस