पाठेघरको मुखको परीक्षण गर्नुभएको छ– १० वर्ष अगाडि थाहा हुन्छ क्यान्सर « Khabarhub

पाठेघरको मुखको परीक्षण गर्नुभएको छ– १० वर्ष अगाडि थाहा हुन्छ क्यान्सर


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरुमा बढ्दै गएको छ ।

पाठेघरको क्यान्सर हुनु अगाडि नै पत्ता लगाउन सकिने भएपनि यो रोगको विषयमा जनचेतना नहुँदा र समयमा स्वस्थ्य परिक्षण नगराउँदा धेरै महिलाको अकालमै ज्यान गइरहेको छ । पाठेघरको मुखको क्यान्सर समयमै पहिचान भएमा यसलाई निको पार्न सकिन्छ ।

कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

सूक्ष्म जीवाणुको संक्रमणले पाठेघरको मुखको क्यान्सर हुन सक्छ । यो जीवाणु असुरक्षित यौन सम्पर्कबाट गर्छ । पाठेघरको मुखमा संक्रमण भए पनि कुनै लक्षण तथा चिन्हहरु देखा नपर्न पनि सक्छ । त्यसैले स्त्री रोग विशेषज्ञसँग समयमै पाठेघरको परिक्षण र परार्मश लिनुपर्छ ।

 क्यान्सर हुनु अगाडि नै यसरी थाहा पाउँन सकिन्छ

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडिको अवस्था पाठेघरको मुखको परीक्षण बाट थाहा पाउँन सकिन्छ ।  तालिम प्राप्त स्वास्थ्यकर्मीबाट पाठेघरको मुखमा औषधि लगाई गरिने परीक्षण विधि अपनाउन सकिन्छ ।

यो परिक्षण यौन सम्पर्क भएका ३० देखि ३० वर्ष उमेर पुगेका सबै महिलाहरुले आफूलाई कुनै समस्या नदेखिएपनि परीक्षण गराउनु पर्छ । यो परिक्षण प्रत्येक ५ वर्षमा एकपटक गराउनुपर्छ ।

पाठेघरको मुखमा औषधि लगाई गरिने परीक्षणबाट पाठेघरमा क्यान्सर हुनुभन्दा करिब १० वर्षअगाडिको अवस्था थाहा पाउन सकिन्छ । यो परीक्षणबाट क्इान्सर हुने नहुने थाहाँ पाउन सकिन्छ । पाठेघरको मुख औषधि लगाई गरिने परीक्षणबाट समस्या देखिएमा उपचार शुरु गराउनु पर्छ ।  सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाठेघरको परीक्षण निशुल्क गरिन्छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  २ : २९ बजे

मादी नदीमा मत्स्य संरक्षण परियोजना कार्यान्वयन

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाले मादी नदी क्षेत्रमा जैविक विविधता संरक्षण

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन

भाले मयूरको नाच (तस्बिरहरू) 

काठमाडौँ– मयूरहरूको वार्षिक नृत्य ऋतु सुरु भएको छ । फेब्रुअरीदेखि

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट१२