पीएम कप क्रिकेट- आर्मी र पुलिस फाइनलमा भिड्ने « Khabarhub

पीएम कप क्रिकेट- आर्मी र पुलिस फाइनलमा भिड्ने


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमीफाइनल खेलमा विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफविरुद्ध नेपाल पुलिस क्लबले ५ विकेटको जीत हात पार्दै फाइनल प्रवेश गरेको हो ।

एपीएफ क्लबले दिएको ४२ रनको झिनो लक्ष्य पछ्याएको पुलिसले ९.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पुलिसका लागि पवन शराफले २१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १३ रन बनाएका थिए । यस्तै पुलिसविरुद्ध एपीएफका कप्तान बसन्त रेग्मीले ३ विकेट लिए भने शरद भेषावकरले २ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

२२.१ ओभर खेलेको एपीएफले सबै विकेट गुमाएर ४१ रन मात्रै बनायो । एपीएफविरुद्ध राष्ट्रिय क्रिकेट टोली तथा पुलिस क्लबका बलर ललित नारायण राजवंशीले ४ विकेट लिए भने कुसल भसुर्तेल र सागर ढकालले समान ३–३ विकेट लिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ११ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि