१ सय २४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने « Khabarhub

१ सय २४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका १ सय २४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने भएको छ । दुरसञ्चार प्राधिकरणले सूचना प्रविधिको पहुँच नपुगेका स्थानीय तहहरुमा उक्त कार्यक्रम संचालन गर्न लागेको हो ।

सो कार्यक्रम संचालनको लागी ग्रामिण दूरसञ्चार कोष अन्तर्गतको रकम खर्च गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले केन्द्र स्थापनाका लागी परेका आवेदनबाट १२४ स्थानीयतह छनौट समेत गरिसकेको छ ।

सूचना प्रविधि केन्द्र स्थापनाका लागी छनोट भएका स्थानीयतहले प्राधिकरणसँग सम्झौता समेत गर्नुपर्ने छ । यसका लागि सम्बन्धीत स्थानीय तहहरुले प्राधिकरणको वेबसाइटमा रहेको फारम भरी ईमेल मार्फत पठाउनुपर्ने हुन्छ ।

छनौट भएका स्थानीय तहहरुमा सुविधा सम्पन्न सूचना प्रविधि केन्द्र स्थापना हुनेछ ।

उक्त प्रविधि केन्द्रमा एक थान ल्यापटप, ३ थान डेक्सटप, (फोटोकपी, प्रिन्टर,स्क्यानर)एक थान, प्रोजेक्टर ,साउन्डसिस्टम, ब्याकप, वायरलेस राउटरजस्ता सामग्री प्रधिकरणले जडान गरिदिने भएको छ । बिजुलीको व्यवस्था नभएको ठाउँमा सोलार पनि जडान गरिदिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : २७ बजे

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,