हुण्डी कारोवार गर्ने दुई पक्राउ « Khabarhub

हुण्डी कारोवार गर्ने दुई पक्राउ


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकस्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रीसमेतको जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका जिल्ला बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने वर्ष २२ को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने वर्ष २२ को सौरभ कुमार पक्राउ परेका हुन् ।

उनीहरुका साथबाट स्रोत खुलाउन नसकेको नेपाली रुपैयाँ दुई लाख ९९ हजार ५०० र मोबाइल दुई थानसमेत फेला परेकाले सो नगदसहित रोशन र सौरभलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले नेपालबाट भारततर्फ अवैधरुपमा सामान ओसारपसार गरिरहेको अवस्थामा वीरगञ्ज महानगरपालिकाको विभिन्न ठाउँबाट केराउ ६० किलो, साइकल एक थान, लेडिज टप्स ८२ थान, जेन्स भेष्ट ५५ थान पक्राउ गरी भन्सार कार्यालयलाई बुझाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ५५ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण