प्रतिनिधिसभामा शून्य समय– सांसदहरुले के भने ? | Khabarhub Khabarhub

प्रतिनिधिसभामा शून्य समय– सांसदहरुले के भने ?


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले शून्य समयमा उठेका आवाजको सरकारबाट सुनुवाई नभएको भन्दै शून्य समयलाई प्रभावकारी बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले शून्य समयमा उठेका विषयहरुको सम्बोधन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । उनले संसदका आवाजलाई सरकारले व्याकरणको कानले सुन्ने शून्य समय हुनुपर्नेमा अंकगणितको शून्य समय भएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

उनले भने“शुन्य समयको आसय मनसाय चाही संसदको आवाज सरकारले सुन्ने व्याकरणको कानले सुन्ने हो तर गल्तीबस नियमावलिमा अंगगणितको शुन्य समय भएछ माननिय सभामुख ज्यू , अनि शुन्य मै यो हराए जस्तो लाग्यो । त्यसका बाबजुत पनि शुन्य पनि अत्यन्तै शक्तिशाली छ माननिय सभामुख ज्यू , एउटा सहारा पायो भने दश गुना पावरफुल हुन्छ । १ को पछाडि शुन्य थपिदिनोस् १० , दशको पछाडि थपिदिनोस् सय सयको पछाडि शुन्य हजार । हजारको दशहजार लाख हुन्छ । सभामुख सहारा भएर उभिदिनोस् हामी एक एक वटा शुन्य थपिएर दशगुणा पावरफुल हुन्छौ । त्यसपछि शुन्य समयको पनि अर्थ होला माननिय सभामुख ज्यू । ”

सांसद लक्ष्मी परियारले संसद सचिवालय सिंहदरबारका कर्मचारीले तलब सुविधाको अतिरिक्त ५० प्रतिशत प्रोत्साहन प्राप्त गरेको तर संसद भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले नपाएको भन्दै समान व्यवहार गर्न सचिवालयको ध्यानाकर्षण गराइन् । उनले लोकसेवा आयोगको विज्ञापनमा समावेशी समानुपातिक प्रणाली नअपनाईएको भन्दै के समानुपातिक समावेशी अन्त्य भएको हो ? भनि प्रश्न गरिन् ।

सांसद बिमला विश्वकर्मा र सरवत आरा खानमले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको भन्दै यथासिघ्र खारेज गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद लालकाजी गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २० अर्ब २६ करोड रुपैया बेरुजु भएको देखिएपछि महालेखा परीक्षकको कार्यालयले वेरुजु फस्च्र्यौट गर्न ताकेता गर्दै गर्दा मन्त्रालयले फेरी गोष्ठी गर्ने भनेर करिब २० लाख खर्च गर्न लागेको भन्दै मन्त्रालयभित्रको भ्रष्ट्राचारप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद बोधमाया कुमारी यादव ले धान खेती लगाउने समय नजिकिदै गर्दा किसानले मल र बिउविज नपाएर समस्यामा परेको तर मलखाद खरिदका लागि आएको १ अर्ब रुपैया फ्रिज हुने अवस्थामा पुगेको भन्दै मलखाद र बिउबिजनको पर्याप्त व्यवस्था मिलाउने काम गर्न कृषि मन्त्रीको ध्यानाकर्षण गराइन् ।

सांसद सितादेवी यादवले वृद्धभत्ताका लागि ७० बर्ष बाट ६५ बर्ष कायम गर्न र पुर्ववर्ती सरकारले घोषणा गरेको ४ वटा गम्भीर रोगका विरामीलाई ५ हजार दिने घोषणालाई लागु गर्न सरकारसंग माग गरिन् ।

सांसद सुजाता परियार र सांसद हिरा गुरुङले इटहरी उपमहानगरपालिका मेयर द्धारिकालाल चौधरीबाट संचारकर्मीमाथि भएको दुर्रव्यवहारप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद गुरुङले पत्रकारलाई दुर्रव्यवहार गर्ने प्रमुखलाई तत्काल कानुनी कारवाही गर्न माग गरे ।
सासद सुदन किरांतीले बेलायती गोर्खा भूपू सैनिकका समस्यालाई राष्ट्रकै समस्याको रुपमा लिएर प्रधानमन्त्रीले आफ्नो बेलायत भ्रमणको क्रममा सो समस्या सम्बोधनका लागि पहल गर्न माग गरे ।

सूर्य प्रसाद पाठकले धौलागिरी अंचलको कालीगण्डकी नदीमा मध्यरातमा नियम विपरित बालुवा निकाल्ने काम भईरहेको भन्दै प्रकृतिको दोहान रोक्नका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद संञ्जय कुमार गौतमले पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्ज विमानस्थललाई प्रवद्र्धन गरी नेपालगञ्ज–दिल्ली र नेपालगञ्ज–पोखराको उडान गर्ने प्रतिवद्धता गत बर्ष नै सरकारले जाहेर गरेपनि त्यस सम्बन्धी पहल नभएको भन्दै तत्काल विमानस्थल प्रवद्र्धन गर्ने काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरीको चक्रघट्टीस्थित बस्तीलाई स्मार्ट सिटीको रुपमा विकसित गर्न माग गरे ।

यसअघि बैठकको सुरुमै समय लिएर बोल्दै सांसद मिना सुब्बाले सुनसरी क्षेत्र नम्बर १ उपमहानगरपालिका धरानमा डेंगुको प्रकोप बढेर नियन्त्रण बाहिर गएको भन्दै सभामुख मार्फत सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १ : ५४ बजे

कोदो उत्पादक किसानलाई गाउँपालिको अनुदान 

पर्वत– रैथाने वालीको रुपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरूको आकर्षण बढाउनका

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३

विपद्को सामना गर्न क्षमता विस्तारमा महामन्त्री थापाको जोड

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसँग सामना

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

काठमाडौं– ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल

आगामी उपनिर्वाचन र ०८४ मा माओवादी एक्लै प्रतिष्पर्धामा जाने

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन