‘कागजको घोडा जस्तै बजेट– न दाना खाने न सवारी बोक्ने !’ « Khabarhub

‘कागजको घोडा जस्तै बजेट– न दाना खाने न सवारी बोक्ने !’


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेट कागजको घोडाजस्तो भएको बताएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद खाँडले बजेट कागजको घोडा जस्तै भएको टिप्पणी गरेका हुन् ।

पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने उनको दाबी थियो । खाँडले भने,‘कागजको घोडा जस्तै बजेट । न यसले घास र दाना खाला, न यसले सवारी बोक्न सक्ला ? ऋणात्मक खालको बजेट जो पूँजीगत खर्च गर्ने सकेको छैन । पूँजीगत खर्च गरेर शान्ति र सम्मृद्धि ल्याउनुपर्यो नि ।’

बजेटले पूँजीगत खर्च गर्न नसक्ने, विकास खर्च गर्न नसक्ने उनको भनाइ थियो ।

‘बजेट वृद्धि हुने तर विकासमा वृद्धि नहुने, चालु खर्चमा वृद्धि हुने, चालु खर्च नपुग हुने, विकास खर्च गर्नै नसक्ने’ खाँडले भने,‘त्यसैले यो कागजको घोडा भयो । कागजको घोडा दौडाएर कहीँपनि पुग्दैन । पोहोरसाल कागजको घोडा अलि सानो थियो । यसपाली कागजको घोडा अलि ठुलो भएछ । अझै ठुलो बनाईदिएको भएपनि हुन्थ्यो । ठूलो बनाएको भए सायद पानी जहाज आउँथ्यो होला । रेल आउथ्यो होला । जनतालाई पानी जहाज र रेल चढ्ने इच्छा छ । देशभित्रै पानीजहाज चढ्ने इच्छा छ । त्यो इच्छा पुरा गथ्र्यो होला तर यो कागजको घोडाले त्यो इच्छा पुरा गर्ने भएन । त्यसो भएर दुख लाग्या छ । ”

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरेपनि बजेटले संघीयताको आधारशिलालाई नमानेको टिप्पणी उनको थियो ।

उनले समाजवाद हुदै साम्यवाद उन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुदै पूँजीवाद उन्मुख भएको दाबी गरे । कर्मचारीको तलब वृद्धि भएपनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको टिप्पणी उनको थियो ।

उनले वृद्ध भत्ताका लागि ७० बर्षबाट ६५ बर्षमा कायम गर्ने निर्णय पुर्ववर्ती सरकारले गरेको भन्दै सोही मापदण्ड लागु गर्न आग्रह गरे ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  २ : ०१ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको