‘कागजको घोडा जस्तै बजेट– न दाना खाने न सवारी बोक्ने !’ | Khabarhub Khabarhub

‘कागजको घोडा जस्तै बजेट– न दाना खाने न सवारी बोक्ने !’


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेट कागजको घोडाजस्तो भएको बताएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद खाँडले बजेट कागजको घोडा जस्तै भएको टिप्पणी गरेका हुन् ।

पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने उनको दाबी थियो । खाँडले भने,‘कागजको घोडा जस्तै बजेट । न यसले घास र दाना खाला, न यसले सवारी बोक्न सक्ला ? ऋणात्मक खालको बजेट जो पूँजीगत खर्च गर्ने सकेको छैन । पूँजीगत खर्च गरेर शान्ति र सम्मृद्धि ल्याउनुपर्यो नि ।’

बजेटले पूँजीगत खर्च गर्न नसक्ने, विकास खर्च गर्न नसक्ने उनको भनाइ थियो ।

‘बजेट वृद्धि हुने तर विकासमा वृद्धि नहुने, चालु खर्चमा वृद्धि हुने, चालु खर्च नपुग हुने, विकास खर्च गर्नै नसक्ने’ खाँडले भने,‘त्यसैले यो कागजको घोडा भयो । कागजको घोडा दौडाएर कहीँपनि पुग्दैन । पोहोरसाल कागजको घोडा अलि सानो थियो । यसपाली कागजको घोडा अलि ठुलो भएछ । अझै ठुलो बनाईदिएको भएपनि हुन्थ्यो । ठूलो बनाएको भए सायद पानी जहाज आउँथ्यो होला । रेल आउथ्यो होला । जनतालाई पानी जहाज र रेल चढ्ने इच्छा छ । देशभित्रै पानीजहाज चढ्ने इच्छा छ । त्यो इच्छा पुरा गथ्र्यो होला तर यो कागजको घोडाले त्यो इच्छा पुरा गर्ने भएन । त्यसो भएर दुख लाग्या छ । ”

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरेपनि बजेटले संघीयताको आधारशिलालाई नमानेको टिप्पणी उनको थियो ।

उनले समाजवाद हुदै साम्यवाद उन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुदै पूँजीवाद उन्मुख भएको दाबी गरे । कर्मचारीको तलब वृद्धि भएपनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको टिप्पणी उनको थियो ।

उनले वृद्ध भत्ताका लागि ७० बर्षबाट ६५ बर्षमा कायम गर्ने निर्णय पुर्ववर्ती सरकारले गरेको भन्दै सोही मापदण्ड लागु गर्न आग्रह गरे ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  २ : ०१ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज