गम्भीर रोगका बिरामीलाई जीविकोपार्जन भत्ता दिन सांसदको माग « Khabarhub

गम्भीर रोगका बिरामीलाई जीविकोपार्जन भत्ता दिन सांसदको माग


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विभिन्न ४ प्रकारका गम्भीर रोगका बिरामीलाई ५ हजार दिने घोषणा लागू गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद एवं नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पूर्ववर्ती सरकारले घोषणा गरेको सो कार्यक्रमलाई बजेटमा समावेश गर्न माग गरे । संसदको बिहीवारको बैठकमा शुन्य समयमा बोल्दै अर्की  सांसद सितादेवी यादवले यसअघिको सरकारले घोषणा गरेको ४ वटा गम्भीर रोगका बिरामीलाई ५ हजार दिने घोषणालाई लागु गर्न सरकारसंग माग गरेकी हुन् ।

उनले भनिन्, पूर्ववती सरकारले घोषण गर्नुभएको ४ वटा रोगको गम्भीर बिरामीलाई ५ हजार दिने घोषलाई लागु गर्नुपर्ने जोडदार माग गर्दछु ।
२०७४ सालमा तत्कालिन सरकारका प्रधानमन्त्री देरबहादुर देउवाले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी र प्यारालाइसीसका बिरामीलाई आजीव जीविकोपार्जन भत्ता दिने घोषण गरेका थिए ।

गम्भिर प्रकृतिका रोगका बिरमीलाई जीवन निर्वाह भत्ता दिने घोषणा गर्दै तत्कालिन प्रधानमन्त्री देउवाले २०७४ साल माघ ११ गते राष्ट्रिय ट्रमा सेन्टरमा एक कार्यक्रमको आयोजना गर्दै वीर अस्पताल र ट्रमा सेन्टरका ३६ जना बिरामीलाई जीवन निवार्ह भत्ता स्वरुप ५ हजारको चेक वितरण गरेका थिए ।

भत्ता वितरणको शुभारम्भ गर्दे देउवाले देशरभरका ४ प्रकारका कडा रोगका बिरामीलाई आजीवन हरेक महिना ५ हजार जीवन निवार्ह भत्ता दिने निर्णय कार्यन्वयन भएको घोषण समेत गरे । तर त्यसको केही महिनामै सरकार परिवर्तन भएपनि गम्भिर प्रकृतिका बिरामीको जीवन निवार्ह भत्ता रोकियो ।

पहिलो पटक भत्ता पाएका बिरामीलाई दिएको रकमको भुक्क्तानी समेत अस्पतालले आन्तरिक स्रोतबाट खर्च गरे । प्रधानमन्त्री ओपी शर्मा ओलीको सरकारले देउवा सरकारले शुरुवात गरेको जीवन निवार्ह भत्ता रोकिएपछि बिरामीहरुमा निराशा छाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ३ : ३९ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार