विवाह जीवनभरको साथ हो, वैवाहिक जीवनमा यसरी रहनुस् खुशी « Khabarhub

विवाह जीवनभरको साथ हो, वैवाहिक जीवनमा यसरी रहनुस् खुशी


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विवाहले दुई परिवारलाई एक बनाउँछ । दुई व्यक्ति जीवनभर सँगै एकसाथ बस्ने वाचा गर्छन् । यो सम्बन्ध जीवनभरको बन्धनका रुपमा पनि लिने गरिन्छ ।

वैवाहिक जीवनलाई सुखमय बनाउने चाहना कसको हुँदैन र ? तर पनि केही व्यक्तिले भने पति, पत्नीबीचको सम्बन्धका विषयलाई लिएर खुशी हुन नसकेको बताउने गरेका छन् । समस्या सबैमा विभिन्न हुन्छन् । विवाहित कुनै पुरुषको मोबाइलमा श्रीमतीको फोन आयो भने कुराकानी गरिसकेपछि ऊसँगै विवाह नगरेका कोही साथी भाइ छन् भने, साथीभाइ भुलेर पनि विहे चाहिँ नगर है भन्ने उसको अर्ती हुने गर्छ ।

यस्तै, श्रीमतीले पनि श्रीमानको फोन आउँदा त्यस्तै वितृष्णा देखाएर अरुलाई विवाह नगर्न उक्साउने प्रवृत्ति हुन्छ । यसले अविवाहितहरुमा विवाहप्रतिको नकारात्मक भावना जगाउने काम गरिरहेको हुन्छ । तर, वैवाहिक सम्बन्धका कुरालाई समस्याभन्दा पनि समाधान गर्दै सुखी जीवन बनाउने प्रयासमा लाग्नु नै बुद्धिमानी हुनेछ ।

त्यसैले वैवाहिक जीवनलाई खुशी र सफल बनाउन यस्ता कुरामा ध्यान दिँदा फाइदा पुग्छ:

तपाईंका बहिनी, भाई, भाउजु, माता, पिता, साथी जो कोहीलाई कुनै कामका लागि आग्रह गर्दा यदि मानेनन् भने पनि तपाईं त्यति नराम्रो महसुस गर्नु हुन्न । तर त्यही कुरा जीवनसाथीबाट आयो भने किन तपाई त्यसलाई ठूलो मुद्दा बनाउनु हुन्छ ? जुन कुरालाई झगडाको बीउ बनाउनु आवश्यक हुन्न ।

कुनै व्यक्ति कस्तो देखिएको छ, भोज तथा समारोहमा जाँदा कस्तो कपडा लगाउँने, यस विषयमा विहे अगाडि खासै चासो दिँदैनौँ । तर विहेपछि भने जीवनसाथीलाई आफ्नो इच्छा अनुसारको कार्य गर्न किन बाध्य पार्छौं ?

घरमा माता, पिता, भाइ, बहिनी सबैलाई सहयोग गर्ने व्यक्ति, जब ऊ पतिको भूमिकामा आउँछ । एकाएक हातखुट्टा बाँधेर चुपचाप बस्ने हुन थाल्छ । यस्तो किन हुन्छ ? विवाहपछि आफ्नी श्रीमतिले मात्र काम गर्नु पर्छ भन्ने बुझाइलाई हटाउन आवश्यक छ ।

आफ्ना साथीलाई मन पर्ने या नपर्ने कुरामा टिप्पणी गर्ने, उसलाई मजाक गरेर उडाउने, उसले आफु तयार हुनका लागि लगाउने समय आदि विषयमा रमाइलो गरेर उसलाई झिस्काउने कुरामा तपाईं कुनै खतरा महसुस गर्नु हुन्न । यही कुरा पत्नीसँगको मामिलामा तपाईं किन भूल्नु हुन्छ ?

जीवनसाथीको रुपमा उसलाई स्थान दिने, उसले दिने समयको सम्मान गर्ने, एकअर्काको ख्याल राख्ने तथा असहमतिका कुरालाई सम्झाउने हो भने गुनासो तथा असन्तुष्टि टाढा रहँदै सुखी र खुशी दाम्पत्य जीवन बन्ने छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ३ : ४४ बजे

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

दार्चुला– दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस

काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस