सुडानका विपक्षीद्वारा सैनिक परिषद्सँग वार्ता नगर्ने उद्घोष « Khabarhub

सुडानका विपक्षीद्वारा सैनिक परिषद्सँग वार्ता नगर्ने उद्घोष


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खार्तुम– १ सय ८ जनाको ज्यान जानेगरी प्रदर्शनकारीमाथि सेनाले दमन गरेपछि सुडानका प्रदर्शनकारी विपक्षी नेताहरुले हाल सत्तामा रहेको सैनिक परिषद्सँग वार्ता नगर्ने जनाएका छन् ।

तत्कालिन राष्ट्रपति ओमर अल बसिर सत्ताच्युत भएपछि हाल त्यहाँको सैनिक परिषद्ले सरकार चलाइरहेको छ । सैनिक परिषद्सँग असन्तुष्ट प्रदर्शनकारीले विशाल प्रदर्शन गर्दै आएकोमा सेनाले दमन गरी गोली चलाएपछि १ सय ८ जनाको ज्यान जानुका साथै अन्य ५ सय भन्दा धेरै घाइते भएका छन् ।

यता सैनिक परिषद्ले भने यसअघि नागरिक मोर्चासँग गरिएको सम्झौता भंग गर्दै नौ महिनाभित्र आम निर्वाचनको घोषणा गरेको छ भने नागरिक मोर्चालाई वार्तामा आउन आह्वान गरेको छ ।

यसअघि सैनिक परिषद्ले आगामी तीन वर्षभित्र सुडानको सत्ता नागरिक सरकारलाई हस्तान्तरण गर्नेगरी नागरिक मोर्चासँग सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ३ : ४४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु