सुडानका विपक्षीद्वारा सैनिक परिषद्सँग वार्ता नगर्ने उद्घोष « Khabarhub

सुडानका विपक्षीद्वारा सैनिक परिषद्सँग वार्ता नगर्ने उद्घोष


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खार्तुम– १ सय ८ जनाको ज्यान जानेगरी प्रदर्शनकारीमाथि सेनाले दमन गरेपछि सुडानका प्रदर्शनकारी विपक्षी नेताहरुले हाल सत्तामा रहेको सैनिक परिषद्सँग वार्ता नगर्ने जनाएका छन् ।

तत्कालिन राष्ट्रपति ओमर अल बसिर सत्ताच्युत भएपछि हाल त्यहाँको सैनिक परिषद्ले सरकार चलाइरहेको छ । सैनिक परिषद्सँग असन्तुष्ट प्रदर्शनकारीले विशाल प्रदर्शन गर्दै आएकोमा सेनाले दमन गरी गोली चलाएपछि १ सय ८ जनाको ज्यान जानुका साथै अन्य ५ सय भन्दा धेरै घाइते भएका छन् ।

यता सैनिक परिषद्ले भने यसअघि नागरिक मोर्चासँग गरिएको सम्झौता भंग गर्दै नौ महिनाभित्र आम निर्वाचनको घोषणा गरेको छ भने नागरिक मोर्चालाई वार्तामा आउन आह्वान गरेको छ ।

यसअघि सैनिक परिषद्ले आगामी तीन वर्षभित्र सुडानको सत्ता नागरिक सरकारलाई हस्तान्तरण गर्नेगरी नागरिक मोर्चासँग सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ३ : ४४ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब