चोरीको अनौठो घटना : जहाँ चोरले पुल नै चोरी गरे « Khabarhub

चोरीको अनौठो घटना : जहाँ चोरले पुल नै चोरी गरे


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस– रुसमा चोरहरुले रेलवे पुल नै चोरी गरेका छन् ।

रुसको सुदूर उत्तरी आर्कटिक वृत्तमा पर्ने मुर्मान्स क्षेत्रमा रहेको एक रेलवे पुलको २३ मिटर खण्ड चोरहरुले चोरी गरेका हुन् । ५६ टन वजनको उक्त पुलको खण्ड चोरी भएको विषयमा अदालतमा आपराधिक मुद्दा समेत दायर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मुर्मान्स शहरको दक्षिणमा रहेको ओक्ट्याब्रास्कायाको वस्तीमा रहेको पुलको बीचको भाग गायब भएको बताइएको छ । तैपनि पुलको अगाडि र पछाडिको भाग भने जस्ताको त्यस्तै छ ।

स्थानीय बासिन्दाले अघिल्लो महिना उक्त पुलको खण्ड गायब भएको थाहा पाएका थिए ।

उक्त पुल यसअघि ‘रेयर अर्थ’ पदार्थ ढुवानी गर्ने रेलका लागि प्रयोग हुँदै आएकोमा सन् २००७ मा ‘रेयर अर्थ्’ पदार्थको उक्त कम्पनी टाट पल्टेपछि त्यस पुल प्रयोगविहीन भएको थियो ।

चोरीको यस्तो आश्चर्यपूर्ण घटनाबाट उक्त पुलको स्वामित्वमा रहेको कम्पनीलाई चोरीबाट ६ लाख रुबल अर्थात् करिब ९ हजार अमेरिकी डलर घाटा लागेको जनाइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ४ : ०० बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान