चोरीको अनौठो घटना : जहाँ चोरले पुल नै चोरी गरे « Khabarhub

चोरीको अनौठो घटना : जहाँ चोरले पुल नै चोरी गरे


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस– रुसमा चोरहरुले रेलवे पुल नै चोरी गरेका छन् ।

रुसको सुदूर उत्तरी आर्कटिक वृत्तमा पर्ने मुर्मान्स क्षेत्रमा रहेको एक रेलवे पुलको २३ मिटर खण्ड चोरहरुले चोरी गरेका हुन् । ५६ टन वजनको उक्त पुलको खण्ड चोरी भएको विषयमा अदालतमा आपराधिक मुद्दा समेत दायर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मुर्मान्स शहरको दक्षिणमा रहेको ओक्ट्याब्रास्कायाको वस्तीमा रहेको पुलको बीचको भाग गायब भएको बताइएको छ । तैपनि पुलको अगाडि र पछाडिको भाग भने जस्ताको त्यस्तै छ ।

स्थानीय बासिन्दाले अघिल्लो महिना उक्त पुलको खण्ड गायब भएको थाहा पाएका थिए ।

उक्त पुल यसअघि ‘रेयर अर्थ’ पदार्थ ढुवानी गर्ने रेलका लागि प्रयोग हुँदै आएकोमा सन् २००७ मा ‘रेयर अर्थ्’ पदार्थको उक्त कम्पनी टाट पल्टेपछि त्यस पुल प्रयोगविहीन भएको थियो ।

चोरीको यस्तो आश्चर्यपूर्ण घटनाबाट उक्त पुलको स्वामित्वमा रहेको कम्पनीलाई चोरीबाट ६ लाख रुबल अर्थात् करिब ९ हजार अमेरिकी डलर घाटा लागेको जनाइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ४ : ०० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी