विहीबार पनि शेयर बजार ओरालो « Khabarhub

विहीबार पनि शेयर बजार ओरालो


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता लगातार ओरालो लागेको शेयर बजार विहीबार पनि ४.६९ अंकले घटेको छ । नेप्से ०.३६ प्रतिशतले घट्दा परिसूचक १२८४.५९ बिन्दुमा पुगेको हो । त्यससँगै सन्सेटिभ परिसूचक पनि ०.९७ अंकले घटेको छ ।

विहीबार १७२ कम्पनीको १८ लाख ५९ हजार २ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ८८ लाख २२ हजार ६ सय २५ रुपैयाँको कारोबार भएको छ । १२ उपसमूह कारोबार भएकोमा होटल ३.६३, विकास बैंक ३.४६, वित्त १८.५५ र अन्य १.५४ अंकले बढेका छन् ।

त्यस्तै बैंक ५.६२, ट्रेडिङ ५.१५, जलविद्युत ३.९७, निर्जीवन बीमा ११.३१, उत्पादन १४, माईक्रोफाईनान्स ५.०६ र जीवन बीमा ८५.२ अंकले घटेका हुन् ।

विहीबार शेयर बजारमा डेभलपमेण्ट बैंक लिमिटेडका लगानीकर्ताले ९.६५ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । भने पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ४ : ४० बजे

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा