आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित « Khabarhub

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार राति सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रनको विशाल योगफल खडा गरेको थियो । आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए ।

२४१ रनको कठिन लक्ष्य पछ्याएको घरेलु टोली मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो ।

विशाल लक्ष्य पछ्याउने क्रममा मुम्बईका ब्याटरहरूले आक्रामक सुरुआत गरे पनि अन्तिम ओभरहरूमा आवश्यक रन जोड्न नसक्दा टोली हार बेहोर्न बाध्य भयो । मुम्बईका लागि शेर्फेन रदरफोर्डबाट कसैले पनि अर्धशतक बनाउन सकेनन् । आरसीबीका बलरले कसिलो बलिङ गर्दै मुम्बईलाई लक्ष्यभन्दा १८ रन पछाडि नै रोकेका हुन् ।

यसअघि, पहिले ब्याटिङ गरेको आरसीबीका लागि ब्याटरले विष्फोटक प्रदर्शन गरेका थिए । मुम्बईका बलरलाई दबाबमा राख्दै आरसीबीले चालु सिजनकै उच्च स्कोरमध्येको एक खडा गर्‍यो ।

यो जितसँगै आरसीबीले तालिकामा महत्त्वपूर्ण २ अङ्क जोडेको छ भने मुम्बईले घरेलु मैदानमा हारको सामना गर्नुपरेको छ । यो जितसँगै आरसिबी ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई समान चार खेल खेल्दा दुई अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : २३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल